नेपाली भाषा

चु छुङ च तथा "π"

   

चु छुङ च तथा "π"

यस बाहेक, चु छुङ चले आफ्ना छोरासँगै मिलेर गोलाकार वस्तुले ओगटेको स्थानको गणना गर्ने उपाय पत्ता लगाएका थिए। उनीहरुले त्यस बेला प्रयोग गरेको सिद्धान्तलाई अहिले पश्चिमी मुलुकहरुमा काभालीएरी भनिन्छ। तर इटलीका गणितज्ञ काभालीएरीले चु छुङ चको भन्दा एक हजार वर्षपछि मात्र यस काभालीएरी सिद्धान्त पत्ता लगाएका थिए। चु छुङ च र उनका छोराको योगदानको स्मरणस्वरुप गणितको क्षेत्रमा यस सिद्धान्तलाई "चु सिद्धान्त" भनिन्छ।

चु छुङ चले गणित क्षेत्रमा हासिल गरेको उपलव्धि चीनको इतिहासमा गणित क्षेत्रमा प्राप्त उपलव्धिहरुमध्येको एक हो। वास्तवमा चौधौं शताव्दीअघि चीन विश्वमा गणित क्षेत्रमा विकसित मुलुकहरुमध्येका एक थियो। जस्तैः पाइथागोरास सम्बन्धी उप-पादन चीनमा गणितको किताब "चौ पी स्यान चीङ" (लगभग इसा पूर्व दुइ शताव्दीतिरको किताब)मा उल्लेख गरिसकिएको थियो। एक शताव्दीमा तयार पारिएको अर्को गणितको किताब "च्यौ चाङ स्यान शु"मा विश्वमा गणितको इतिहासमा सबैभन्दा पहिले शून्यभन्दा कम अङ्कहरु प्रस्तुत गर्नुका साथै शून्यभन्दा कम तथा बढी अङ्कहरु बीचको जोड तथा वियोगको नियम पनि उल्लेख गरिएको थियो। तेह्रौं शताव्दीमा चीनमा दश गुणा समीकरण देखापरेको थियो। सोह्रौं शताव्दीसम्म घनाकार समीकरणलाई गन्ने उपाय यूरोपमा पहिलो पटक प्रस्तुत गरिएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान