नेपाली भाषा

ताउ विचारधाराका स्थापक- लाउ च

   

लाउ रानको थर ली र उनको नाम रअ हो। सामान्यतः उनलाई लाउ च भनिन्छ। उनको जन्म र स्वर्गबास कहिले भयो भन्ने कुरा कसैलाई पनि थाहा छैन। उनी वसन्त काल (इसा पूर्व770-इसा पूर्व476)मा अस्तित्वमा रहेको छु राज्यका मानिस थिए। उनी अग्ला थिए र उनका लामा कान, ठूला आँखा र चौडा निधार थियो। उनका ओठ मोटा थिए। लाउ चले चौ राज-वंशमा पुस्तकालयको व्यस्थापन गरेका थिए। यस कारण उनी बुद्धिमान थिए र त्यस बेला निकै प्रसिद्ध थिए। कन्फ्यूसस विचारधाराका संस्थापक खोङ च युवक छँदा लाउ चकहाँ गएर चौ राज-वंश कालको शिष्टाचार सम्बन्धी प्रश्न सोधेका थिए। चौ राज-परीवार कमजोर हुँदैगएको देखेर लाउ चले आफ्नो पद त्याग गरे र राजधानी लो यानबाट अन्यत्रै लागे। उनले हान कु पास पुगेपछि "ताउ द चीङ" नामक किताब लेखे। त्यसपछि उनी गोरु चढेर अन्यत्रै गए। उनी कहाँ गए भन्ने कुरा कसैलाई पनि थाहा थिएन। कसैले लाउ च साट्ठी वर्षसम्म बाँचेको त कसैले उनी दुइ सय वर्षसम्म बाँचेको विचार व्यक्त गरेका छन। तथापि उनी लामो समयसम्म बाँचेको कुरा भने निश्चित छ। यको कुराले उनी महत्वाकांक्षी नभएको र सद्गुणी भएको कुरालाई प्रमाणित गर्दछ।

"ताउ द चीङ" नामक किताबको अर्को नाम "लाउ च" पनि हो। यस किताबमा जम्मा पाँच हजार अक्षर छन् र यथेष्ठ विषय समावेश छन। यस किताब चीनको पूरानो सँस्कृतिको निकै महत्वपूर्ण सम्पत्ति हो। लाउ च एकजना भौतिकवादी चिन्तक थिए। उनी ताउलाई दर्शनको रुपमा निर्धारित गर्ने पहिला व्यक्ति हुन। "ताउ"को अर्थ मानिसहरुको हिंड्ने बाटो

ताउ विचारधाराका स्थापक- लाउ च

हो। यसको अर्को अर्थ चारैतिर जानसक्ने भन्ने हो। तत्कालीन मानिसहरुले यसको भावनालाई नियमका रुपमा मान्ने गरेका थिए। लाउ चले प्राकृतिक परिवर्तन तथा मानिसहरुको सम्बन्धको अवलोकन गरेर "ताउ"को नयाँ अर्थ लगाए। लाउ चको ठहर अनुसार, "ताउ" सबैभन्दा साँचो र सबैभन्दा विस्तृत छ। "ताउ" सबै चीज र प्राणीको उत्पत्तिको अन्तिम श्रोत हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान