नेपाली भाषा

कोङ च तथा को चको विचारधाराधारा

   

चीनको परम्परागत सँस्कृतिबारे चर्चा गर्दा एकजना व्यक्तिको नाम लिनैपर्छ। उनको नाम खोङ च हो। गत शताब्दीको सत्तरीको दशकमा एकजना अमेरिकी विद्बानले लेखेको "मानव जातिको इतिहासमा प्रभाव पार्ने एक सय व्यक्तिको नामावली"मा खोङ चको नाम इसु र शाक्यमुनी बुद्ध आदि व्यक्तिहरुपछि पाँचौ स्थानमा राखिएको देखिन्छ। उनको ज्ञानले हरेक चिनियाँको जीवनमा केही न केही प्रभाव पारेको छ।

खोङ च चीनको कन्फ्युसस विचारधाराधाराका संस्थापक हुन्। दुइ हजार वर्षदेखि यता, कन्फ्यूसस विचारधाराधाराले चीनमा पारेको प्रभाव राजनैतिक, साँस्कृतिक आदि क्षेत्रमा मात्र देखापरेको नभई, हरेक चिनियाँको आचरण तथा सोच्ने बानीमा पनि परेको देखिन्छ। केही विदेशी विद्बानहरुले कन्फ्युसस विचारधाराधारालाई चीनको एक किसिमको धार्मिक विचारधाराधारा भएको धारणा व्यक्त गरेका छन। वास्तवमा कन्फ्यूसस विचारधारा चीनको इतिहासमा विकसित प्रशस्त विचारधाराहरुमध्येका एक हो। यस किसिमको विचारधारा एक किसिमको दर्शन हो, धर्म होइन। चीनको दुइ हजार वर्षसम्मको सामन्तवादी समाजमा यस किसिमको विचारधारालाई मुख्य विचारधाराको स्थानमा राखिएकाले चीनमा कन्फ्युससको विशेष स्थान छ। खोङ चको विचारधाराले चीनको सँस्कृतिमाथि गहिरो प्रभाव परेको छ, एशियाका केही मुलुकहरुमा पनि यसको असर विद्यमान छ। चिनियाँ मूलका विदेशी तथा विदेशमा बस्ने चिनियाँहरुको बसोबास विश्वभरि भएकाले खोङ चको विचारधाराको प्रभाव चीन तथा एशियामा मात्र छ भन्न सकिंदैन।

खोङ चको जन्म इसा पूर्व 551मा भएको थियो र इसा पूर्व 479 मा उनको मृत्यु भएको थियो। खोङ च प्राचीन ग्रीसका प्रसिद्ध विद्बान एरिस्टोटलभन्दा एक सय वर्ष अघि अस्तित्वमा थिए। खोङ च तीन वर्षका हुँदा उनका बुबाको स्वर्गे भयो। खोङ च आफ्नी आमासँग वर्तमान चीनको पूर्वी भागमा पर्ने शान तुङ प्रान्तमा बसाइँ सरे। खोङ चको वास्तविक नाम खोङ छ्यौ हो। खोङ च भनेको उनको आदरणीय नाम हो। प्राचीन चीनमा मानिसहरुको थरपछि "च" थप्यो भने त्यस व्यक्तिलाई आदर गरेको मानिन्थ्यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान