मङ च

   

मङ चले विभिन्न राज्यमा गएर आफ्नो विचारधारलालाई लागू गराउने प्रयास गरेका थिए। उनले यस प्रयोजनका लागि ल्याङ, छी, सोङ्ग, थङ र लु राज्यको भ्रमण गरे। त्यति बेला ती राज्यहरुले देश र सेनालाई बलियो पार्ने प्रयास गरिरहेका थिए। यिनीहरुले हिंसात्मक उपायमार्फत राज्यहरुलाई एकीकृत पार्ने कोशिश गरिरहेका थिए। मङ चको भलो सम्बन्धी विचारधारा उनीहरुको दृष्टिकोणमा युगको प्रवाह विपरित थियो। त्यसैले उनको सिद्धान्तलाई व्यवहारमा उतार्ने मौका मिलेन। तर त्यस सिद्धान्तलाई व्यवहारमा उतार्न कोशिश गर्ने क्रममा मङ चले आफ्नो विशेषता देखाएर शासकहरु तथा पदाधिकारीलाई हेलाको दृष्टिले हेर्नेगरे। विभिन्न राज्यका सम्राटसँगको भेटघाटमा उनी इमान्दार, निडर र स्वाभिमान देखिनथाले।

अन्त्यमा उनले शासनमा आफ्नो विचारको प्रयोगको इच्छालाई त्यागेर घरैमा बसेर विद्यार्थीहरुलाई पढाउनथाले। उनी र उनका विद्यार्थीहरुले "मङ च" नामक किताब लेखे। त्यस किताबमा मङ चले भनेका कुरा र मङ च तथा अन्य विचारधाराका समर्थकहरु बीचको वाद-विवादका बारेमा उल्लेख गरिएको छ। त्यस किताबमा खोङ चपछि मङ चले कन्फ्यूसस विचारधारालाई विकसित पारेको कुरा स्पष्ट पारिएको छ। त्यसपछि हजारौं वर्ष बितिसके तापनि मानिसहरु यस किताबलाई प्रथम दर्जाको पुस्तक मान्दछन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान