नेपाली भाषा

मङ च

   

मङ चले युद्धरत राज-वंशकालमा विभिन्न राज्यहरुको अनुभव वमोजिम प्रजातान्त्रिक विचारमा आधारित "सर्वसाधारण मूल्यवान छन, राज्य तथा शासन दोस्रो स्थानमा रहन्छ र सम्राट तीमध्ये सबैभन्दा कमजोर छन।" भन्ने प्रसिद्ध भनाइ प्रस्तुत गरे। सर्वसाधारणहरुप्रति कस्तो व्यवहार गरिन्छ भन्ने कुराबाट देश समृद्ध अवस्थामा छ अथवा विलिन हुने अवस्थामा छ भन्ने कुराको निर्णय गर्नसकिने धारणा उनले प्रस्तुत गरे। मङ चले प्रशस्त ऐतिहासिक तथ्यमार्फत जनमत भनेको देशको शासन-व्यवस्था टिकाउनसक्ने वा सत्ता पल्टाउनसक्ने मुख्य शक्ति हो भन्ने कुरालाई प्रमाणित गरे।

मङ चले नैतिक नियम तथा राजनीतिलाई घनिष्ट रुपमा मिलाए। सद्गुण भनेको राम्रो राजनीतिको आधार भएको कुरामा उनले जोड दिए। उनले भनेः शासनको आधार देश हो, देशको आधार परीवार हो र परीवारको आधार व्यक्ति हो।

मङ चले सद्गुणलाई चार किसिममा विभाजित गरे। ती यस प्रकार छनः भलो, न्याय, भद्रता अथवा शिष्टाचार र बुद्धि। ती चार किसिमका सद्गुणमध्ये भलो र न्याय भनेका सबैभन्दा महत्वपूर्ण पक्ष हो। समाजमा हरेक व्यक्तिले आपसी सम्बन्धमा भलो र न्यायको नीतिको अवलम्बन गर्‍यो भने सामन्तवादी अनुशासनको स्थिरता तथा शासनको एकीकरणका लागि भरपर्दो प्रत्याभूति मिल्छ।

ती नैतिक नियमहरुको श्रोतलाई प्रमाणित गर्नका लागि मङ चले मानव जातिको मिजास शुरुमा असल हुन्छ भन्ने विचार प्रकट गरे। विभिन्न समाजमा विभिन्न तहका मानिसहरु बीच सामाजिक भिन्नता भए तापनि उनीहरुको मिजास एउटै हुन्छ भन्ने ठहर उनले प्रस्तुत गरे।

मङ चको विचारले चीनको इतिहासमा पछिका विविध समाजमा राजनैतिक, साँस्कृतिक, नैतिक परम्परागत क्षेत्रमा ठूलो प्रभाव पारे तापनि त्यति बेलाका शासकहरुले उनको विचारधाराको प्रशंसा गरेका थिएनन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान