नेपाली भाषा

मङ च

   

मङ च चीनको इतिहासमा युद्धरत काल( इसा पूर्व पाँचौं शताब्दीदेखि तेश्रो शताब्दीसम्म)का वरिष्ठ विचारक र त्यति बेला चीनमा चलेका विचारहरुमध्येको मुख्य प्रवाह- कन्फ्यूसस विचारधाराका मुख्य प्रतिनिधि-व्यक्ति हुन।

मङ चको नाम ख हो र उनी इसा पूर्व चौथो शताब्दीमा चीनमा अस्तित्वमा रहेको चौ राज्यको नागरिक थिए। मङ च लु राज्यका उच्च दर्जाका रइस मङ सुनको सन्तती थिए। त्यस बेला समाजमा धेरै किसिमका विचारहरु विद्यमान थिए र तीनीहरु सँगसँगै विकसित भइरहेका थिए। मङ चले कन्फ्यूसस विचारधाराका संस्थापक खोङ चको विचारलाई निरन्तर रुपमा विकसित पारी एउटा पूर्ण विचारधारा तयार पारे। उनको विचारधाराले पछिका मानिसहरुको विचारमा निकै ठूलो प्रभाव पारेको थियो। मानिसहरुले उनलाई खोङ चपछिका दोस्रा बुद्धिमान व्यक्ति मान्नेगरेका छन।

मङ चले खोङ चको सद्गुणका आधारमा शासन सम्बन्धी विचारलाई विकसित गरी अर्काको भलाइका लागि शासन गर्नुपर्ने नीति लागू गर्नुपर्ने धारणा प्रस्तुत गरे। यस विचार उनको राजनैतिक धारणाको मुख्य विषय बन्यो।

मङ चले एकातिर शासकहरुको स्थान र सर्वसाधारणहरुको सामाजिक स्थानको भिन्नतालाई अक्षरशः तोक्नुका साथै चौ राज-वंशमा तोकिएको सम्राटदेखि सर्वसाधारणसम्मको विविध तह सम्बन्धी प्रणालीका आधारमा एउटा नयाँ प्रणालीको निर्माण गरे। अर्कोतिर उनले शासक र सर्वसाधारणहरु बीचको सम्बन्ध आमा-बाबु र छोरा-छोरी बीचको सम्बन्ध जस्तो हुनुपर्ने विचार व्यक्त गरे। शासकहरुले आमा-बाबुले जस्तै सर्वसाधारणहरुको दुःख-सुखको विचार गरी हेरचाह गर्नुपर्छ भने सर्वसाधारणहरुले पनि शासकहरुलाई आमा-बाबु भन्ठानेर माया र सेवा गर्नुपर्छ भन्ने उनको धारणा थियो।

मङ च

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान