नेपाली भाषा

फा विचारधाराका ठूला विद्बान- हान फै च

   

हान फै चका मुख्य लेख-"हान फै च"फा पूर्ण विचारधारा बारेको सबैभन्दा राम्रो किताब हो। यस किताबमा पचपन्नवटा लेख छन् र यसमा जम्मा एक लाख अक्षर छन्। यस किताबका अधिकांश लेखहरु हान फै च आफैंले लेखेका हुन। त्यस बेला, चीनमा कन्फ्युसियस र मोको विचारधारा निकै प्रचलित थियो। त्यस बेला प्राचीन उपाय र विचारलाई पुनर्जीवित गर्ने प्रवाह चलेको थियो। हान फै चको फा विचारमा यस प्रवाहको कडा विरोध गरिएको छ। परिस्थिति तथा समय वमोजिम उचित व्यवहार गर्नुपर्ने उनको विचार रहेको छ। हान फै चले दया-मायाका समर्थक कन्फ्युसियसमाथि प्रहार गरी कानूनका आधारमा राज्य-व्यवस्था सञ्चालन गर्नुपर्ने विचार प्रस्तुत गरे। उनको सिद्धान्तमा ठूलो पुस्कार दिनु, कडा दण्ड-सजाय दिनु, कृषि तथा युद्धमा महत्व दिनु जस्ता चारवटा विचारले प्रमुख स्थान लिएका छन्। उनले सम्राटलाई भगवानले अधिकार दिएको विचार प्रस्तुत गरे। छीन राज-वंशदेखि चीनका विभिन्न सामन्तवादी शासनको स्थापनामा हान फै चको विचारधाराले ठूलो प्रभाव पारेको देखिन्छ।

हान फै चका लेखको बनोट निकै विशेष खालको र भाषा एकदमै राम्रो छ। उनका लेखमा सामान्य कुरामा अनौठोपना देख्न सकिन्छ। ती लेखहरु निकै अर्थपूर्ण र मानिसहरुलाई चेतावनी दिने खालको छन। हान फै चले प्रशस्त लोकोक्ति र यथेष्ठ ऐतिहासिक तथ्यको राम्रोसँग प्रयोग गरी अमूर्त अर्थ प्रस्तुत गर्नखोजेका छन। उनका कथाहरुमा समावेश गरिएका धेरै लोकोक्तिहरु पछि चीनमा व्यापक रुपमा प्रयोग गरिने लोकोक्ति बनेका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान