नेपाली भाषा

चीनका आदिम सम्राट फु सी श

   

फु सी श चीनको प्राचीन किताबमा उल्लेखित आदिम सम्राट हुन्। उनले पाँच हजार वर्षअघि चीनमा शासन गरेका थिए।

कथा बमोजिम, फु सी शको जन्म निकै अनौठो अवस्थामा भएको छ। उनकी आमाको नाम "ह्वा स्यु श" हो। एउटा सफा दिन थियो, "ह्वा स्यु श" दलदल वरपर खेलिरहेकी थिइन। उनले अकस्मात त्यहाँ एउटा अत्यन्तै ठूलो पाइला देखिन। त्यो देखेर उनलाई निकै अचम्म लाग्यो। उनले आफ्ना खुट्टा त्यस ठूलो पाइलामाथि राखेर त्यो पाइला नापिन र विस्तारै अघि बढिन। घर फर्केपछि "ह्वा स्यु श" गर्भवती भइन। केही दिनपछि फु सी शको जन्म भयो।

फु सी शकी एउटी बहिनी थिइन। किताबमा लेखिए अनुसार, उनीहरुको नागको शरिर र मान्छेको टाउको थियो। वास्तवमा यसले के प्रमाण दिएको छ भने फु सी श नागलाई टोटम मान्ने एउटा जन-जातिका प्रमुख थिए।

फु सी शको समय उत्पादनको राम्रो विकास भएको बेला थियो। धेरै निकै महत्वपूर्ण सिर्जना फु सी शसँग सम्बन्धित थिए। एउटा पुस्तकमा लेखिएअनुसार, फु सी शले प्रकृत्ति तथा चरा-चुरुङ्गीको पाइलाबाट "पा क्वा" (आठ आरेख)को सिर्जना गरे। ती आठ किसिमका चिन्हहरुले एक-अर्कालाई सहयोग गरी प्रकृतिमा भएका सबै चीज र प्राणीको नाम देखाउन सक्छ। त्यसैगरी, मानिसहरुले गाँठो पारेर घटना-विवरणको रेकर्ड राख्ने तरिकालाई छोडी "पा क्वा"को सहायताले दैनिक जीवनमा भएको कुराको विवरण राख्नथाले।

त्यसैगरी डोरी नचाहिने चीज बन्यो। फु सी शले डोरीबाट माछा मार्ने जाल बनाएर मानिसहरुलाई माछा मार्ने तरिका सिकाए। बाली-नाली तथा विवाह आदि महत्वपूर्ण अवसरहरुमा बजाउनका लागि फु सी शले एक किसिमको बाजा "स" बनाएर "च्या प्यान" नामक संगीत लेखे। यसले गर्दा मानिसहरुको जीवनलाई रामाइलो बनायो। यसका साथै फु सी शले काठमा प्वाल पारेर आगो बाल्ने तरिका मानिसहरुलाई सिकाए। त्यसपछि मानिसहरुले आगाले खाना पकाएर खानथाले। यसरी उनिहरुले पहिलेको जंगली जीवनसँग विदाइ गरे।

फु सी श वर्तमान चीनको ह नान प्रान्तमा पर्ने ह्वाइयाङ र शान तुङ प्रान्तमा पर्ने ची नीङ र छ्यु फु तिर बस्दथे। फु सी शको समाधि वर्तमान चीनको शान तुङ प्रान्तको छ्यु फुमा भेटिन्छ। चिनियाँ परम्परागत पात्रो अनुसार, हरेक वर्षको तेस्रो महिनाको तेस्रो दिन विभिन्न ठाँउबाट आएका मानिसहरु त्यहाँ भेला भई चिनियाँ राष्ट्रको सँस्कृतिका आदि-पुरुषको पूजा-आज गर्ने गर्दछन्।

चीनका आदिम सम्राट फु सी श

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान