नेपाली भाषा

शन नौं श

   

पाँच हजार वर्षअघि शन नौं श नाम भएका याङ जन-जातिका एकजना प्रमुख थिए। उनी सर्वसाधारणहरु जस्तै खेतीपाती गर्थे। खेतीपाती गर्ने क्रममा उनले चीनमा सबैभन्दा पहिलेको कृषि-यन्त्रको सिर्जना गरे। सो यन्त्रले कृषि क्षेत्रको विकासलाई निकै सघाएको देखिन्थ्यो। कृषिको विकासका लागि उनले त्यति ठूलो योगदान गरेकाले मानिसहरुले उनलाई शन नौं श भन्नथाले।

श नौं शको समयमा पारीवारिक व्यवस्था पितृ-प्रधान थियो। त्यस बेला शोषण र दवाउ कतैबाट हुँदैनथ्यो। मानिसहरु एक-अर्कालाई आदर गर्थे, माया गर्थे। ऐतिहासिक किताब अनुसार, त्यस बेला पुरुषले खेतीपाती गर्थे र महिलाले घरमा कपडा बुन्थे। शासकहरुले झ्यालखाना र दण्ड-सजायको प्रयोग गर्नुपर्दैनथ्यो। सेना र प्रहरीको पनि आवश्यकता थिएन।

श नौं श चीनका प्रथम चिकित्साविद तथा औषधि विशेषज्ञ हुन। थाहा भएअनुसार, उनी मानिसहरु रोगबाट पीडित भएको देखेर चिन्तित भए। पाँच किसिमका खाद्यान्न ( चामल, कोदो, गहुँ तथा दाल आदि) खाएर मानिस स्वस्थ भएको तथ्यबाट सयौं किसिमका बोट-विरुवाको डाँठ र कन्द-मूलहरुले मानिसलाई रोगबाट मुक्त गर्नसक्ने उनको विचार थियो। उनले पहाड-पर्वतमा गएर विविध किसिमका बोट-विरुवाको औषधिजन्य गुणको खोजी गरे। ती औषधिहरुको

शन नौं श

विशेषता थाहा पाउन उनले ती सबै खाएर हेरे। उनलाई कुनै कुनै विरुवा खाँदा विष समेत लाग्यो। उनी एक दिनमा बढीमा सत्तरी पटकसम्म विषबाट प्रभावित हुन्थे। यसका आधारमा उनले "शन नौं पाइ छ्याउ" नामको किताब लेखे। त्यस किताबमा विभिन्न किसिमका रोगहरुको उपचार कसरी गर्ने भन्ने बारेमा लेखिएको छ।

शन नौं श खगोलविद तथा ज्योतिष पनि थिए। उनले फु सी श (चीनको पूरानो किताबमा उल्लेखित सबैभन्दा आदिम सम्राट)द्बारा बनाइएको "बा क्वा"(आठ आरेख)लाई "ल्यौ श स क्वा" (६४ आरेख) बनाएर त्यसलाई "क्वै चाङ" भन्नथाले। यस "ल्यौ श स क्वा"(६४ आरेख)का आधारमा भविष्यवाणी समेत गर्नसकिने भयो। त्यस बाहेक, धेरै मानिसहरुलाई आवश्यक पर्ने चीज आफूले बनाउन नसके तापनि आफूलाई त्यति धेरै नचाहिने चीजको उत्पादन उनले गर्नसके। उनको दैनिक जीवन निकै कठीन देखिन्थ्यो। शन नौं शले हेरे-देखेपछि मानिसहरुलाई आ-आफ्ना चीज-बीजहरु लिएर एउटै ठाँउमा भेला हुन लगाए। यसरी मानिसहरुले आफूलाई चाहिने चीज-बीज बल्ल पाउन सके। यसरी चीनमा सबैभन्दा पहिलो मेलाको आयोजना गरिएको थियो।

मानिसहरुले खेतीपाती गरिसकेपछि रमिता गर्नसकुन भन्नका लागि शन नौं शले पाँच तारे बाजा बनाए। त्यस बाजाबाट चराको आवाज जस्तै मिठो संगीत बजाउन सकिन्थ्यो। केही समयपछि शन नौ शको छोराले "चुङ" नामक अर्को बाजा बनाएर धेरै संगीत पनि लेखे। ती संगीतहरु एक पुस्तादेखि अर्को पुस्ताका मानिसलाई सिकाउने परम्परा अहिले पनि जारी छ।

शन नौं शले एक सय चालिस वर्षसम्म शासन गरे। उनको शासनपछि ह्वाङ दी शासन-सत्तामा आए। शन नौं शको समाधि वर्तमान चीनको हु नान प्रान्तको सदरमुकाम छाङ शामा छ। तर त्यस समाधिलाई "यान दी समाधि" भनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान