नेपाली भाषा

याउ र शुन

   

चिनियाँ राष्ट्र अर्थात् ह्वा स्या जन-जाति बन्ने क्रममा लगभग चार हजार वर्षअघि चीनमा तीनजना वरिष्ठ व्यक्ति थिए: याउ, शुन र ता यु।

"शाङ सु" तथा "श ची" यी दुइवटा किताबमा याउको नाम फाङ शुन उल्लेख गरिएको छ भने परम्परागत कथामा उनको नाम थाउ थाङ र थर छी श भएको मानिएको छ। मानिसहरु उनलाई "थाङ याउ" भन्छन।

परम्परागत कथा अनुसार, याउ चिनियाँ राष्ट्र अर्थात् ह्वा स्या जन-जातिका आदिम पुर्खा ह्वाङ दीको पुस्ता हुन। उनी बुद्धिमान र दयालु भएकाले मानिसहरु उनको आदर गर्दथे। सोह्र वर्षीय याउ जन-जातिका प्रमुख बने। ऐतिहासिक किताब वमोजिम, याउले राजधानीलाई "फीङ्गयाङ्ग" (वर्तमान चीनको उत्तरी भागमा पर्ने वल्लो शानसी प्रान्तमा रहेको लीनफन शहर)मा सारेका थिए। लीनफनमा जीन राज-वंश काल (256-420)मा निर्मित याउको मन्दिर तथा थाङ राज-वंशमा निर्मित याउको समाधि हालसम्म पनि सुरक्षित छन।

याउले पद सम्हालेपछि आफ्नो जन-जातिमा क्षमता र सद्गुण भएका मान्छेलाई जिम्मेवारी दिएर आफ्नो जन-जातिका मानिसहरुलाई एकत्रित पारे। उनले पदाधिकारीहरुको उपलव्धि वमोजिम पुरस्कार अथवा दण्ड दिने गरेकाले शासन-व्यवस्था प्रभावकारी भएको पाइन्थ्यो। यसका साथै उनले विभिन्न जन-जातिहरु बीचको सम्बन्धलाई

याउ र शुन

मेलमिलापयुक्त पारी सर्वसाधारणहरुलाई मैत्रीपूर्ण छिमेकीपनका आधारमा बाँच्न सिक्नुपर्ने शिक्षा दिएकाले उनको समाजमा स्वच्छ प्रशासन थियो र शान्ति र सुरक्षाको अवस्था थियो।

परम्परागत कथा वमोजिम, चीनको इतिहासमा याउको बेलामा पहिलो पटक पात्रो बनाइयो। परिणामस्वरुप मानिसहरुले पात्रो अनुसार खेती-पातीको काम ठीक समयमा गर्नपाए। याउको समयमा खेती-पाती सम्बन्धी सँस्कृतिमा टड्कारो प्रगति देखापरेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान