नेपाली भाषा

ता यु

   

विवाह गरेको छोटो समयपछि नै बाढी नियन्त्रण सम्बन्धी कार्यका लागि ता युलाई घर छोडेर जताततै जानुपर्थ्यो। आफ्नो घरको अगाडि धेरै पटक आइपुगे तापनि उनी घरभित्र पस्न पाउँदैनथे, समयाभावले गर्दा। एक दिन उनकी श्रीमती थु शानसले छोरो जन्माइन। त्यस बेला ता युले आफ्नो घरमा बच्चा रोएको आवाज सुने तापनि उनलाई भित्र पस्ने फुर्सद थिएन।

बाढी नियन्त्रणमा ता युले हासिल गरेको सफलता र त्यसका लागि उहाँको योगदानलाई दृष्टिगत गरेर ह्वा स्या जन-जातिका प्रमुख स्युनपछि सो जन-जातिका मानिसहरुले उहाँलाई नै आफ्ना प्रमुखमा निर्वाचित गरे।

बाढी नियन्त्रण गरेर जन-जातिका मानिसहरुलाई बाढीको प्रकोपबाट मुक्त गराउनु ता युको मुख्य योगदान थियो। त्यस बेला जन-जातिहरु पृथक भएको अवस्थामा उनले सबै जन-जातिका लागि एकीकृत उपायको अवलम्वन गरी बाढीको रोक-थाम गर्ने निर्णय गरे। उनले आफ्ना सहायकलाई "शान हाइ जीङ" नामको किताब लेख्न लगाएर चीनको इतिहासमा पहिलो पटक नदी तथा पहाडहरु, व्यक्ति तथा घटनाहरु एवम् चरा-चुरुङ्गीहरुबारेको जानकारी किताबमा समेटेका थिए।

ता युले बाढी नियन्त्रण सम्बन्धी काम पूरा गरेपछि मानिसहरुले पुन: आ-आफ्ना घर-बारको काम गर्नथाले। ता युले त्यस जन-जातिको प्रमुख भएपछि मिहिनेत गरी सम्पूर्ण समाजलाई नयाँ चरणमा प्रवेश गराए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान