नेपाली भाषा

पश्चिमी हान राज-वंशका राजा ल्यौ पाङ्ग

   

पश्चिमी हान राज-वंशका राजा ल्यौ पाङ्ग

चीनको पश्चिमी हान राज-वंश (इसा पूर्व 206 देखि इसा पूर्व 220सम्म)का पहिला राजा ल्यौ पाङ्ग हुन। ल्यौ पाङ्ग चीनको इतिहासमा सर्वसाधारणहरुमध्येबाट राजा बनेका दुइजना राजाहरुमध्येका एक पनि हुन।

ल्यौ पाङ्गका बुबा कृषक थिए। ल्यौ पाङ्ग छीनका एकजना स्थानीय पदाधिकारी थिए। उनको मिजास राम्रो र मन उदार थियो। ल्यौ पाङ्गले अपराधीलाई रिहा गरेकाले बाध्य भएर उनी आफै भागेर "माङ" पहाड र "ताङ" पहाडतिर लागे। "छनशङ र ऊ क्वान"को कृषक विद्रोही फौजका बारेमा सुनेपछि इसा पूर्व 209मा ल्यौ पाङ्गले आफ्नो जन्मथलोमा पनि विद्रोह शुरु गरे। त्यसपछि उनले सेनाको नेतृत्व गरी छीनको राजधानी "स्यानयाङ" पुगेर छीन राज-वंशको शासनको अन्त्य गरे। ल्यौ पाङ्गले "स्यानयाङ"मा छीन राज-वंशको कठोर कानूनलाई रद्द गरी "क्वान चुङ" (वर्तमान चीनको शान्सी प्रान्तमा पर्ने वे नदीतिर)का सर्वसाधारणहरुलाई तीनवटा वचन दिए। ती तीनवटा वचनवद्धता यस प्रकार छन: मानिसको हत्या गर्नेलाई मृत्यु दण्डको सजाय दिनुपर्छ। मानिसलाई क्षति पुर्‍याउने वा मानिसको सामान चोर्नेलाई दण्ड दिनुपर्छ। ल्यौ पाङ्गले यस्ता नियम बनाएकाले उनि सर्वसाधारणहरु माझ एकदमै लोकप्रिय थिए।

त्यसपछि ल्यौ पाङ्गको फौज र स्याङ युको नेतृत्वमा रहेको अर्को छीनको शासन विरोधी शक्तिसँग चार वर्षसम्मको युद्ध भयो। यस युद्धलाई चीनको इतिहासमा "छु हान युद्ध" भनिन्छ। इसा पूर्व 202मा ल्यौ पाङ्गको नेतृत्वमा तीन लाखको संख्यामा रहेको फौजले स्याङ युको सेनालाई घेरामा पार्‍यो। स्याङ युले आत्म हत्या गरे र ल्यौ पाङ्ग विजयी भए। इसा पूर्व202मा शानतुङमा राज्यारोहण गरी त्यस देशको नाम पनि परिवर्तन गरी हान राखे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान