नेपाली भाषा

केन्द्रीय अधिकारयुक्त राजतन्त्रात्मक मुलुका संस्थापक- छीन श ह्वाङ

   

छीन श ह्वाङले राज्यारोहण गरेपछि "स्यौं नु" (त्यस बेलाको चीनमा मंगोलियाली शासकको नाम) माथि प्रहार गर्न जनरल मङ थ्यानलाई पठाए। यसका साथै उनले युद्ध-राज्यकालका "छीन", "चाउ" र "यान" यी तीनवटा राज्यहरुका उत्तरी क्षेत्रमा रहेका विशाल पर्खाललाई जोडेर पश्चिमतिर परेको "लीन चाउ (वर्तमान चीनको कानसु प्रान्तमा पर्ने मिन जिल्ला)"देखि पूर्वतिर "ल्याउ तुङ"सम्म लामो पर्खालको निर्माण गरे। त्यस पर्खालले घोडा चढ्न तथा तीर हान्न सिपालु "स्यौं नु" को प्रतिरोध तथा तिनीरुबाट आफ्नो देशको संरक्षण गर्ने भूमिका खेलेको थियो। त्यसैगरी छीन राज-वंशको प्रशासनलाई मजबुत पारेर सिमा क्षेत्रमा स्थिरता कायम गरिएको थियो। "माइयुवे" भन्ने क्षेत्र (वर्तमान दक्षिणी चीनमा पर्ने फै च्यान, क्वाङ तुङ आदि क्षेत्र)लाई जितेपछि राजा छीन श ह्वाङले "क्वै लिन", "नानहाइ", "स्याङ" आदि "च्युन"(जिल्ला जस्तो) को व्यवस्था गरे। छीन राज-वंशको अन्तसम्म "च्युन"को संख्या शुरुमा भएको छत्तीसदेखि चालिसभन्दा बढीसम्म पुगेको थियो।

छवटा राज्यलाई एकीकृत गरेपछि छीन श ह्वाङले अति धेरै खर्चमा "अफाङ" दरबार तथा "ली शान" समाधिको निर्माण गरे र एकपछि अर्को गरी पाँच पटकसम्म ठूलो परिमाणमा भ्रमण गरे। आफू पुगेका ठाँउहरुमा उनले आफ्ना वाणीहरुलाई ढुंगामा कुँदाए। दीर्ध-जीवी बनाउनसक्ने औषधि खोज्न उनले रसायनविद "स्यु फु" र हजारौं वाल-वालिकाहरुलाई "तुङहाइ" समुद्रतिर भगवानलाई खोज्न पठाए। यसरी असाध्यै ठूलो धन-राशी र जन-श्रोत खर्च गरेर उनले सर्वसाधारणहरुको दु:खपूर्ण जीवनलाई झन कठीन बनाए। इसा पूर्व 210 को जुलाइमा राजा छीन श ह्वाङको रोगका कारण मृत्यु भयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान