नेपाली भाषा

केन्द्रीय अधिकारयुक्त राजतन्त्रात्मक मुलुका संस्थापक- छीन श ह्वाङ

   

आर्थिक क्षेत्रमा छीन श ह्वाङले कृषिलाई महत्व दिई व्यापारलाई सीमित पार्ने नीति अँगाले। उनले सामन्तीहरुको अधिकार क्षेत्रभित्र रहेका जमीनलाई नीजीकरण गर्ने आदेश जारी गरे। इसा पूर्व 216 मा उनले जमीनका मालिक र आफूखुशी जमीन जोतिरहेका कृषकहरुले आफ्नो जमीनको परिमाण उल्लेख गर्नुका साथै सरकारलाई कर बुझाएको खण्डमा सरकारले उनीहरुलाई जमीनको स्वामित्व दिने र त्यस अधिकारको सुरक्षा गर्ने नीति अपनाए। त्यसरी जमीनमाथि नीजी स्वामित्वको व्यवस्था स्थापित भयो। युद्धकालमा शाङ्गयाङ्ग नामक एकजना मन्त्रीले तोकेका मापदण्डका आधारमा उनले देशभरिको जमीन नाप्ने प्रणालीमा एकरुपता कायम गरे। साथै उनले देशभरि एकीकृत मुद्रा प्रणाली पनि लागू गरे।

जल तथा स्थल यातायातको विकासका लागि उनले राजधानी "स्यान याङ"बाट "यान", "छी" तथा "ऊ", "छु" आदि क्षेत्रतर्फ जाने घोडा तथा गाडी चल्ने बाटाहरुको निर्माण गरे। उनले राजधानी "स्यान याङ"बाट "युन याङ (हालको वल्लो शान्सी प्रान्तमा पर्ने तुनह्वाको उत्तर-पश्चिमतिर)" "च्यौयुआन(हालको भित्री मंगोलियाको सदरमुकामदेखि पश्चिमतिर)" जाने सिधा बाटाहरुको निर्माण गरे। दक्षिण-पश्चिमी भागमा उनले "ऊ च दाउ"को निर्माण गरेर "श्याङ च्याङ नदी" तथा "लि च्याङ नदी"लाई जोड्ने लिङ्ग नामक नहर खने।

साँस्कृतिक तथा विचारधाराको क्षेत्रमा छीन राज्यमा प्रचलित भएका अक्षरहरुमा आधारित "च्याउ च्छुवान" नामक शैलीको लेखन प्रणाली देशभरि लागू गरे। दण्ड-सजायको व्यवस्थालाई अझ कडा पारे। इसा पूर्व 212मा उनले विभिन्न किसिमका किताबहरुलाई ध्वस्त पार्ने आदेश दिनुका साथै नीजी विद्यालयहरु खोलेर त्यहाँ पढाउन प्रतिबन्ध लगाए। त्यसपछि छीन श ह्वाङ राजालाई दिर्घ-जीवी बनाउनका लागि त्यस्तो औषधि खोज्नगएका हौशन तथा लुशन यी दुइजना भागेकाले छीन श ह्वाङले यस कामको जिम्मा लिएका चार सयजनाभन्दा बढी विद्बानहरुलाई जिउँदै गाडे। यस घटनालाई चीनको इतिहासमा "विविध किताब बाले, जीउँदो विद्बान गाडे" भन्ने चर्चित घटनाका रुपमा चिनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान