नेपाली भाषा

केन्द्रीय अधिकारयुक्त राजतन्त्रात्मक मुलुका संस्थापक- छीन श ह्वाङ

   

केन्द्रीय अधिकारयुक्त राजतन्त्रात्मक मुलुका संस्थापक- छीन श ह्वाङ

छीन राज-वंशका प्रथम राजालाई छीन श ह्वाङ भनिन्छ। उनको नाम यीङ्ग चङ हो। युद्धकालको अन्तिम अवधिमा भएका राज्यहरुमध्ये "छीन" सबैभन्दा बलियो देखिन्थ्यो। त्यस बेला पूर्वी क्षेत्रमा भएका छवटा राज्यलाई एकीकृत गरेर एउटा ठूलो राज्य बनाउनसक्ने क्षमता "छीन"सँग थियो। सम्राटको पद सम्हालेको अघिल्ला अवधिमा यीङ्ग चङ सानै उमेरका भएकाले प्रधानमन्त्री ल्यु पुवैले यीङ्ग चङको सट्टामा छीङ्ग राज्यको शासन चलाएका थिए। इसा पूर्व 238मा यीङ्ग चङले छीन राज्यमा आफै शासन गर्नथाले। उनले प्रधानमन्त्री ल्यु पुवैलाई पदबाट बर्खास्त गरी आफ्ना विश्वासपात्र वै ल्याउ, ली स आदि मानिसहरुलाई महत्वपूर्ण पदहरुमा नियुक्त गरे। इसा पूर्व 236देखि 221सम्म छीन राज्यले हान, वै, छु, यान, चाउ, छी गरी छवटा राज्यलाई एकीकृत गरी युद्धकालको अन्त्य गरेका थिए। त्यसपछि चीनको इतिहासमा पहिलो एकीकृत, बहुजातीय तथा केन्द्रीय अधिकारयुक्त राजतन्त्रात्मक मुलुक- छीन राजवंशको स्थापना भयो।

इसा पूर्व 221 मा यीङ्ग चनले आफूलाई प्रथम राजा घोषित गरे। त्यसपछि उनले चीनभरि कुलीन घरानाका मानिसहरुलाई पदवी, जमीन र दासहरु उपलव्ध गराउने व्यवस्थालाई खारेज गरी त्यस प्रणालीको सट्टा प्रशासनिक व्यवस्था सञ्चालनका लागि क्षेत्र तथा प्रान्त र जिल्लाको व्यवस्था गरे। राजाको प्रत्येक्ष नियन्त्रणमा केन्द्रदेखि जिल्लासम्म एउटा पूर्ण प्रशासनिक प्रणाली स्थापित भयो। यसका साथै छीन राज्यको निर्धारित कानून तथा नियममा आधारित अन्य छवटा राज्यका केही कानून तथा नियमका बुँदालाई समेटेर उनले एकीकृत कानून बनाएर लागू गरे। अन्य छवटा राज्यका धनी तथा घरानियाहरुलाई पृथकतावादी गतिविधि गर्नबाट रोक्नका लागि छीन श ह्वाङले उनीहरुलाई "क्यान चुङ" "पाशु" तिर सारे। यस बाहेक, छीन श ह्वाङले गैर-सरकारी व्यक्तिहरुलाई हात-हतियार राख्न निषेध गर्नुका साथै बुझाइएका हतियारहरु नष्ट पार्न आदेश दिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान