नेपाली भाषा

《 कृतज्ञता र इख 》

   

< च्यु पाउ लिएन > नामक सामान कुनै पनि किसिमको रोगको उपचारका लागि उपयोगी भएको भन्ने भनाई छ। यो सम्राटका चिकित्सक चौ होङ्ग त परीवारको मूल्यवान चीज हो। यो मूल्यवान चीज पूर्खौली सामानका रुपमा चौ परीवारमा छ। एक दिन बाढीको प्रकोप देखापरेको थियो। चिकित्सक चौ होङ्ग तले मर्नलागेको लिओ चुङ्ग फिङ्गलाई बचाए र त्यसपछि यसलाई आफ्नो धर्म-पुत्रका रुपमा राखेका थिए। त्यस बेला महारानी विरामी भइन्। धेरै ओखती खाए तापनि केही काम लागेन। चौ होङ्ग तले आफ‍नो छोरा चौ चाउ निएनलाई मूल्यवान चीज लिएर धर्म-पुत्र लिओ चुङ्ग फिङ्गका साथमा राजधानीमा महारानीको उपचार गर्न भनेर पठाए। तर बाटोमा धर्म-पुत्र लिओ चुङ्ग फिङ्गले चौ चाउ निएनलाई पहाडबाट खसालिदियो। उसले मूल्यवान चीज खोसेर राजधानी आयो र त्यो मूल्यवान चीजको सहायताले महारानीलाई निको पार्‍यो। महारानीले लिओ चुङ्ग फिङ्गलाई उच्च अधिकारीको पद दिइन्। लिओ चुङ्ग पिङ्ग खुशी भई चौ होङ्ग तको घरमा फर्क्यो र चौ परीवारका मान्छेलाई चौ चाउ निएन नदीमा डुबेर मरेको खबर सुनायो। लिओ चुङ्ग फिङ्गले चौ परीवारका सबै मानिसलाई मार्न चौको घरमा आगो लगायो। लिओले चौ परीवारकी छोरी चौ वान छिङ्गलाई आफूसँग बलजफती विवाह गर्नखोज्यो। ती केटीले आफ्नो सुरक्षाका लागि नदीमा हाम फालिन।

चौ परीवार आपत्तिमा पर्‍यो। चिकित्सक चौ रीसले विरामी भए। परीवारका सबैजनालाई बचाउनुका लागि चौ होङ्ग तकी बुहारी सु श्येनले बलजफ्ति सिमा क्षेत्रमा काम गरिरहेको जवान जनरल शिओं ये मोङ्गसँग विवाह गरीन। जवान जनरल शिओं ये मोङ्गकी श्रीमती पहिलै नै मरिसकेकी थिइन। जवान जनरल शिओं ये मोङ्गको घरमा एकजना सानो बच्चा थियो। विवाह गर्ने दिन जवान जनरल शिओं ये मोङ्ग सम्राटको आदेश अनुरुप युद्धमा गए र आफ्नो सानो बच्चा शिऔं ह एनलाई सु श्येनको जिम्मामा छोडे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान