नेपाली भाषा

《गुलाव मण्डप》

   

प्राचीनकालमा"नान आन"नामक जिल्लाका एकजना पदाधिकारी तु पाउकी एउटी छोरी थिइन। तीनको नाम सुश्री तु लि न्याङ्ग थियो। उनी ज्यादै सुन्दरी र चलाक थिइन्। उनका बुबा तु पाउले आफ्नी छोरीलाई पढाउनका लागि एकजना गुरु आफ्नो घरमा बोलाए। ती गुरुले दिन-दिनै तु लि न्याङ्गलाई "गीतहरुको किताब" शिर्षकको पुस्तक पढाउँथे। नोकर छुन् श्याङ्ग पनि सुश्री तु लि न्याङ्गका साथमा पढ्थिन। तर छुन् श्याङ्ग धेरै परिश्रमी थिइनन्। उनी कक्षा भैरहेको बेला सधैं बाहिर घुम्न जान्थिन।

सामन्तवादी समाजमा सबै चिनियाँ केटीहरुको विवाहका बारेमा आ-आफ्ना बा-आमाले निर्णय गर्थे। विचरी केटीले विवाहअघि आफ्नो श्रीमानको अनुहारसम्म देख्न पाउँदैनथे। सुश्री तु लि न्याङ्गले आफूले पढिरहेको किताबमा लेखिएको जस्तै लोग्ने मान्छे र स्वास्नी मान्छेले स्वतन्त्र रुपमा एकले अर्कालाई माया गर्नसक्ने विचार गरेकी थिइन।

वसन्त ऋतु आयो। नोकर्नी छुन् श्याङ्गले सुश्री तु लि न्याङ्गलाई भनेकी थिइन: हाम्रो घरमा एउटा पार्क छ र त्यो पार्कको दृश्य निकै राम्रो छ । सुश्री तु लि न्याङ्ग सामन्तवादी नियम अनुसार सधैं दिनभरि आफ्नो कोठामा पढ्थिन, लेख्थिन र बुट्टा भर्थिन। नोकर्नी छुन् श्याङ्गले जिस्क्याएपछि उनी चूपचाप पार्कमा खेल्न जान्थिन।

पार्क कति राम्रो थियो। रुखका पात हरिया भएका छन। पोखरी झ्याउले ढाकिएको छ। गुलाब लगायतका विभिन्न किसिमका रंगिचंगी फूलहरु फुलेका छन। चराहरु रुखका हाँगामा बसेर चिरबिर गरिरहेका छन। त्यस्तो रमणीय दृश्य देखेपछि सुश्री तु लि न्याङ्गलाई मनमा कसो-कसो लाग्यो। उसको मनमा यस्तो विचार उठ्यो:"आफू दिन-दिनै कोठामा बसेर पढ्छु, लेख्छु र बुट्टा भर्छु। हुन त आफू ज्यादै राम्री छु, तर एक्लै कोठामा बसेर आफू सुन्दरी भएको कसलाई थाहा हुन्छ?कसले आफूलाई मन पराउँछ। मान्छे त छिटै बूढो हुन्छ नि।" यसरी उनी दुखी हुँदै आफ्नो कोठामा फर्किन। थकाइ लागेकाले उनी तत्कालै निदाइन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान