नेपाली भाषा

《कपडामा राम्रो बुट्टा भरिएको झोला 》

   

लु परीवारका पाँच वर्षीय छोराको नाम थिएन लिन थियो। थिएन लिनले सुश्री सियेलाई मन परायो। थिएन लिन सधैं सियेसँगै‍ दिन दिनै घरको पार्कमा फुटबल खेल्थ्यो।

एक दिन त्यस केटाले फुटबल हान्दा फुटबल घरभित्र पस्यो। सिये स्याङ्ग लिन भवनको माथिल्लो तलामा फुटबल खोज्न गइन्। उनले त्यसै कोठामा झुण्डिएको एउटा राम्रो झोला देखिन। ओहो, यो झोला त आफूले विवाहका दिन गरिब दुलहीलाई दिएको झोला हो, उनले मनमनै भनिन। यो देखेर उनी रोइन् र आफ्नो परीवारको सम्झना पनि गरिन। थिएन लिन स्याङ्ग लिन रोइराखेको कुरा आफ्नी आमालाई सुनाउन गयो। वास्तवमा थिएन लिनकी आमा पहिलेकी गरिब दुलही चाउ सौ चन नै थिइन्। उनी सुश्री सियेको झोला पाएपछि धनी बनिन्। उनी आफूलाई सहयोग गर्ने मानिसको सम्झना गर्थिन र त्यो झोला राख्नका लागि उनले एउटा भवन पनि बनाइन। यसरी उनले आफूलाई सहयोग गर्ने मानिसलाई कहिल्यै पनि नबिर्सने विचार गरिन।

चाउ सौ चनले आफ्नो घरका काम गर्ने नोकर्नी रोइरहेको कुरा थाहा पाएपछि तत्कालै सिये स्याङ्ग लिनलाई कहिले विवाह गरेको र विवाहको दिनमा के-कस्तो कुरा देखा परेको थियो आदि कुरा सोधिन। सुश्री सियेको कुरा सुनेपछि आफूले खोजिरहेको मानिस यीनै हुन भन्ने कुरा थाहा पाएर उनलाई धेरै खुशी लाग्यो। चाउले आफ्नो सबैभन्दा राम्रो लुगा सुश्री सियेलाई लाउन दिइन। उनले सुश्री सियेलाई उनका श्रीमान र छोराको खोजी गर्न सहयोग गरिन।

केही समयपछि सुश्री सियेका श्रीमान र छोरो पनि लाइ चाउ आइपुगे। तीनीहरुले सिये स्याङ्ग लिन लु परीवारमा काम गरिरहेको कुरा सुने र लु परीवारमा सुश्री सियेलाई भेट्न आए। अनि त्यस परीवारका सबै सदस्यको मिलन भयो। अन्तमा सुश्री सिये र चाउ सौ चन एक-अर्काका राम्रा साथी बने।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान