नेपाली भाषा

《कपडामा राम्रो बुट्टा भरिएको झोला 》

   

प्रचीनकालमा "तन् चाउ"भन्ने ठाउँमा सिये थरको धनी व्यापारी थियो। उसको छोरीको नाम सिये स्यान लिन थियो। यस परीवारका सबै सदस्यहरु सिये स्यान लिनलाई धेरै माया गर्थे। श्री सिये स्यान लिनका बा-आमाले उनको विवाह हुनुअघि धेरै दाइजो तयार पारेका थिए। उनकी आमाले, विशेष गरी कपडामा निकै राम्रो बुट्टा भरिएको झोला बनाएकी थिइन्। त्यस झोलालाई चिनियाँ भाषामा सो लिन नाङ्ग भनिन्छ। आमाले झोलामा विविध किसिमका हिरा, मोती, सुन र चाँदीका गहना राखिदिइन। त्यस स्थानका मानिसहरुमा एउटा विश्वास छ: महिलाले यस्तो झोला बोकेर विवाह गरेमा छिटै एउटा चलाख र राम्रो छोरो जन्माउन सक्छिन।

सुश्री सिये स्याङ्ग लिनको विहे गर्ने दिन आयो। उनी ठूलो र राम्रो पाल्कीमा बसेर श्रीमानको घरतिर लागिन। बाटोमा पानी पर्‍यो। उनी अरु मानिसहरुसँगै नजिकैको एउटा मण्डपमा बसिन। केही समयपछि एउटा सानो र थोत्रो पाल्कीमा बसेर अर्की एउटी दुलही पनि आइन्। ती दुलही रोइरहेकी थिइन। सुश्री सियेले आफ्ना नोकर र नोकर्नीलाई उनी किन रोइरहेको भनेर सोध्न पठाइन। ती गरिब दुलहीको नाम चाउ सौ चन् थियो। उनकी आमाको मृत्यु पहिले नै भैसकेको थियो। घरमा बुढा बा मात्र थिए। उनले केही पनि दाइजो लिएरआएकी थिइनन। उनले बुढा बाको चिन्ता गर्नुका साथै आफू गरिब परीवारकी भएका कारण श्रीमानको परीवारले आफूलाई हेला गर्लान कि भन्ने चिन्ता पनि उनले गरिरहेकी थिइन। यसैले उनी रोइरहेकी थिइन।

गरिब चाउ सौ चनको कुरा सुनेर सुश्री सियेलाई निकै दु:ख लाग्यो। उनले गरिब चाउ सौ चनको मद्दत गर्ने निर्णय गरिन। सुश्री सियेले पाल्कीमा राखिएको आमाले दिएको झोला ती गरिब दुलहीलाई दिइन् र आफ्नो नाम पनि चाउ सौ चनलाई भनिनन। पानी रोकियो। ती दुबै दुलही आ-आफ्ना श्रीमानका घरतिर गए।

छ वर्षपछि तन चाउमा बाढीको प्रकोप देखापर्‍यो। सिये आफ्ना श्रीमान र छोरासँग बाटामा गैरहेका बेला हराइन। एक्लै हिंड्दाहिंड्दै उनी लाइ चाउ भन्ने स्थानमा पुगिन् र उनले त्यहाँ माइती घरमा काम गरेकी एउटी धाइलाई भेटिन। ती धाइले उनलाई त्यहाँका एउटा लु परीवारमा काम दिलाइदिइन। सुश्री सियेले लु परीवारका छोराकी नोकर्नीका रुपमा काम गर्नथालिन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान