नेपाली भाषा

यु ओपेरा

   

"यु ज्यु" ओपेरामा चिनियाँ परम्परागत बाजा खासगरी "आर हु, शान श्येन, फि पा, शन, शो ना र बाँसुरी" आदिको प्रयोग गरिएको छ। यी बाजाहरुको लय तिव्र र खुशीलाग्दो छ।

"यु ज्यु" ओपेराको मुख्य रुप गायन हो। ओपेरामा मान्छेको शक्तिशाली भावना र स्थानीय जन-समूहको जीवन देखाउनु यस ओपेराको शैली हो। यस बाजाको लय पनि सशक्त छ।

सन् 1927 अघिको "ह नान पाङ्ग च" ओपेरामा अभिनेत्रीको व्यवस्था थिएन। त्यसपछि छाङ्ग शिआँग यु, छन् शु चन, मा चिन फोङ्ग, येन लि फीङ्ग र छयु लान थिएन यी पाँचवटी लोकप्रिय अभिनेत्री देखापरे जसका विद्यार्थीहरु हाल देशभरि फैलिएका छन।

"यु ज्यु" ओपेराका परम्परागत नाटकहरुको संख्या एक हजारभन्दा बढी छ। यसमा अधिकांश ऐतिहासिक कथाको प्रदर्शन गर्नेगरिएको छ। मुख्यतः युवाहरु बीचको माया-प्रिती, विवाह जस्ता कुराहरु ती नाटकमा देखाइन्छ। जन-गणतन्त्र चीनको स्थापना भएपछि वास्तविक जीवनसँग सम्बन्धित आधुनिक नाटक र नयाँ ढाँचाका ऐतसहासिक नाटकहरु पनि देखाइन्छ जसबाट यो पूरानो ओपेरामा नयाँ विकासका कुरा समावेश गर्नपाइएको छ।

ओपेराको लोक आधार रहे तापनि हाल यसको विकासमा गम्भीर समस्या देखा परेको छ। उदाहरणका लागि यसका दर्शकहरुको संख्या घटेको छ, ओपेरा मण्डलीको आर्थिक अवस्था त्यति राम्रो छैन, अभिनेता तथा अभिनेत्री र नाटककारको अभाव छ, नाटकमा देखाइने सँस्कृति र कलात्मक गुण युगसँग अलिक नमिल्दो देखिन्छ आदि।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान