नेपाली भाषा

व्हाङ्गमै ओपेरा

   

व्हाङ्गमै ओपेरालाई "व्हाङ्ग मै टोन" वा "छै छा" ओपेरा भनिन्छ। व्हाङ्गमै ओपेरा अठारौं शताव्दीको अन्तमा आन व्है, हु पै र च्याङ्ग सी यी तीन स्थान जोडिएको त्रिकोण क्षेत्रमा उत्पन्न भएको एक लोक ओपेरा थियो। त्यो ओपेरा क्रमश: खास गरी आन व्है प्रान्तको व्है निन जिल्ला लगायत आन छिङ्ग नामक क्षेत्रमा फैलियो र त्यसपछि त्यो स्थानीय कलासँग समाहित भएको थियो जसको परिणामस्वरुप त्यसमा नयाँ विशेषता देखापरेको थियो। अर्थात उक्त ओपेरा प्रदर्शन गर्दा व्है निनको स्थानीय भाषामा गाइन्छ। त्यस बेला यसलाई "व्है छिआङ्ग"वा "व्है तिआउ" भनिन्थ्यो। वास्तवमा यो हाल प्रचलित भएको व्हाङ्गमै ओपेराको पहिलेको नाम नै हो। उन्नाइसौं शताव्दीको मध्यमा "व्है छिआङ्ग"ओपेरामा "छिङ्ग यान"टोन र "व्है"टोनको सम्मिश्रण भएका कारण यो ओपेरा झन् विकसित भएको हो। मानिसहरुले व्हाङ्गमै ओपेरालाई क्रमशः बुझ्नुका साथै त्यसलाई मन पराउनथालेका थिए। शुरु-शुरुमा व्हाङ्गमै ओपेराको विशेषता गाएन र नाच थियो। तर त्यस ओपेराको नियमित कार्यक्रम थिएन, त्यसमा खासगरी प्राकृतिक जीवन देखाइन्थ्यो। त्यस बेला व्हाङ्गमै ओपेराका स्थायी अभिनेता र अभिनेत्री थिएनन। व्हाङ्गमै ओपेरा देखाउने मान्छे धेरैजसो किसान श्रमजिवी मानिसहरु थिए। अभिनेता र अभिनेत्रीले ओपेरा देखाउँदा लगाएको पोशाक र बाजा पनि दर्शकहरुसँगै लिएका हुन्थे। त्यस बेलाको व्हाङ्ग मै ओपेरा ग्रामीण क्षेत्रका किसानहरुले आफूलाई खुशी पार्ने एक किसिमको मनोरञ्जनात्मक साँस्कृतिक तरिका मात्रै थियो।

व्हाङ्ग मै ओपेरामा मानिसहरुको सामान्य दैनिक जीवनका गतिविधिहरु प्रदर्शित गरिन्छ। त्यसैले त्यसमा लोक गीतको शैलीको प्राधान्यता छ। व्हाङ्ग मै ओपेरामा गायनमार्फत कथाको बयान गरिन्छ।

व्हाङ्ग मै ओपेराका《देवीसँगको विवाह》,《एकजना पालक-केटा र एउटी लुगा बुन्ने केटीको कथा》, 《रुखमुनिको कथा》,《राजकुमारीकी महिला-श्रीमान,《 एक दम्पतिले सँगसागै बत्ति हेर्ने》,《 बाटोमा भेटिएको》,《सुँगुरले घाँस काट्ने》《लान छिआउ नामक पुलमा भेट》जस्ता उत्कृष्ट कार्यक्रमहरु निकै प्रसिद्ध छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान