नेपाली भाषा

पैचिङ्ग ओपेराको इतिहास

   

श्री मै लान फानले विश्वमा अति ठूलो नाम कमाउनुभयो। उहाँ आठ वर्षको हुँदा ओपेरा सिक्नु शुरु गर्नुभयो र एघार वर्षको उमेरमै ओपेराको अभिनय गर्न थाल्नुभएको थियो। पचास वर्षभन्दा बढीको अवधिमा उहाँले गाउने लय, नाच्ने तरिका, धुन, पोशाक र सिंगार-पटार जस्ता विषयमा नयाँ सिर्जनाका साथै तिनीहरुलाई विकसित पनि पार्नुभएको थियो। उहाँको आफ्नो विशेषता ओपेरामा देखियो। सन्1919 मा उहाँको नेतृत्वमा पैचिङ्ग ओपेरा मण्डली जापान गएको थियो। पेचिङ ओपेरा विदेशमा गएको यो पहिलो पटक थियो। सन् 1930 मा उहाँले अमेरिका र सन् 1934 मा यूरोपमा पैचिङ ओपेराको प्रदर्शन गर्नुभएको थियो। यी प्रदर्शन निकै सफल भएकाले विश्वमा पैचिङ्ग ओपेराको स्थान उकासिएको छ।

चीनमा सुधार र खुलापनको नीति लागू भएपछि चीन सरकारले पैचिङ्ग ओपेराको पराम्परागत कलाको विकासका लागि धेरै सहयोग गर्दैआएको छ। पैचिङ्गस्थित छाङ्ग आन थिएटरमा वर्षभरि नै पैचिङ्ग ओपेरा देखाइन्छ। हरेक वर्ष आयोजित पैचिङ्ग ओपेराको अन्तर्राष्ट्रिय अव्यावसायिक प्रतियोगिताले संसारका विभिन्न स्थानमा बसेका पैचिङ्ग ओपेराका हिमायतीहरुलाई आकर्षित गर्नेगरेको छ। पैचिङ ओपेरा चीन र विदेश बीच आदान-प्रदानका विषयहरुमध्ये एक पनि हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान