नेपाली भाषा

पैचिङ्ग ओपेराको इतिहास

   

पैचिङ्ग ओपेरा प्रदर्शन गर्दा अभिनेता र अभिनेत्रीको अनुहारमा थरि-थरिका रंग लगाउनु पर्छ। अनुहारमा लगाइएका रंगबाट अभिनेता र अभिनेत्रीको भावना, गुण-स्तर र भाग्य दर्शकहरुलाई प्रदर्शित गरिन्छ। पेचिङ्ग ओपेरामा अभिनेता र अभिनेत्रीको अनुहारमा लगाइएको रंग हेरेर यो मान्छे ओपेरामा कस्तो किसिमको मान्छे हो भनेर छुट्याउन सकिन्छ। यो पात्र छुच्चो छ कि उदार, राम्रो छ कि नराम्रो, असल छ कि खराब, ठूलो छ कि सानो भन्ने कुरा रंगका आधारमा छुट्ट्याइन्छ। साधारणतया रातो अनुहार बनाइएको पात्रले असल व्यक्तिको अभभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूर-बीर हुन्छ। बैजनी रंग लगाएको पात्रले शूर-बीर र चलाक व्यक्तिको अभिनय गर्छ। कालो अनुहार बनाइएको पात्रले सोझो र इमानदार व्यक्तिको अभिनय गर्छ। निलो अनुहार बनाइएको पात्रले बहादूरको अभिनय गर्छ। पहेंलो र सेतो अनुहार बनाएका पात्रको स्वभाव निरंकुश हुन्छ। सुनौलो र चाँदिको रंग बनाइएको पात्रले धेरैजसो देवता र राक्षसको अभिनय गर्छ।

18 औं शताव्दीको अ‌त्य पैचिङ्ग ओपेराको विकासको पहिलो चरण थियो। त्यस बेला पैचिङ्ग ओपेरा निकै लोकप्रिय थियो। त्यति बेला यसलाई सधैं दरबारमा पनि प्रदर्शन गरिन्थ्यो। राज-परीवार र नाता-कुटुम्बहरुले पैचिङ्ग ओपेरालाई मन पराएका कारण दरबारको सम्पन्न भौतिक अवस्थाले पैचिङ्ग ओपेराका लागि आर्थिक सहयोग उपलव्ध गराएको थियो। राज-परीवार र जन-समूहको समान प्रयासका आधारमा पैचिङ ओपेराको विकास अभूतपूर्व रुपमा भएको थियो।

बीसौं शताव्दीको बीसदेखि चालीसको दशक पैचिङ ओपेराको विकासको दोस्रो चरण थियो। यस बैला धेरै प्रसिद्ध अभिनेताहरुले आ-आफ्नो लयको सिर्जना गरेका थिए। शान शाई र पैचिङ्ग आदि ठूल्ठूला शहरहरुमा श्री मै लान फान(सन्1894-1961, श्री शान सिआउ युन(सन्1900-1976), श्री छन् येन छ्यु(सन्1904-1958)र श्री श्युन व्है शन(सन्1900-1960)सबैभन्दा प्रसिद्ध अभिनेता हुनुहुन्थ्यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान