नेपाली भाषा

पैचिङ्ग ओपेराको इतिहास

   

पैचिङ्ग ओपेरा पैचिङ्गमा उत्पन्न भएकाले यसलाई पैचिङ्ग ओपेरा भनिन्छ।

पैचिङ्ग ओपेराको इतिहास दुइ सय वर्षभन्दा पनि पूरानो छ। अठारौं शताद्बिमा चीनको दक्षिणी भागमा केही स्थानीय ओपेरा, खास गरी"व्है"नामक ओपेरा निकै प्रचलित थियो। सन् 1790 मा छिङ्ग वंशका सम्राटको जन्म दिनका उपलक्ष्यमा प्रदर्शन गर्न व्है ओपेराको पहिलो टोली पैचिङ्ग आएको थियो। त्यसपछि व्है ओपेराका धेरै टोली राजधानी पैचिङ आएका थिए। राजधानीमा आएपछि व्है ओपेरामा पैचिङ्गका अन्य स्थानीय ओपेराबाट धेरै कुरा थपिएकाले त्यो छिटै विकसित भयो। उन्नाइसौं सताव्दीको अन्त्यदेखि बीसौं शताव्दीको प्रारम्भसम्ममा पैचिङ्ग ओपेरा विकसित भएको थियो। र त्यो चीनको सबैभन्दा ठूलो ओपेरा बन्नपुग्यो।

पैचिङ्ग ओपेराको इतिहास

पैचिङ्ग ओपेराको कार्यक्रम प्रशस्त छ। यसका कलाकार तथा दर्शकहरुको संख्या, यसको विस्तार र प्रभावका दृष्टिकोणले यो अरु ओपेराको तुलनामा चीनमा अग्रस्थानमा रहेको छ।

पैचिङ्ग ओपेरा एक किसिमको मिलिजुली कला हो। यसका अभिनेता-अभिनेत्रीहरु गायन, नाच, वाक कला, प्रदर्शन र कोङ्ग फु आदि सबै पक्षमा निपूर्ण हुनुपर्छ। पात्रहरुले माथि बयान गरिएका तरिकाबाट कथाको बयान गर्छन्। पैचिङ्ग ओपेरामा पात्रहरुलाई, खासगरी"शन्"(लोग्ने मान्छे), दान्(स्वास्नी मान्छे), "चिन्"(लोग्ने मान्छे),"छौ"(लाग्ने मान्छे र स्वास्नी मान्छे) यी चार थरिका विभाजित गरिन्छ। "शन्"लाई "लाउ शन् "र "सिआउ शन्"मा विभाजित गरिन्छ। अर्थात"लाउ शन"भनेको बूढो मानिस हो। र "सिआउ शन्"भनेको जवान हो। लाउ शनले परिपक्व प्रौढ पुरुषको अभिनय गर्छ। अथवा लाउ शन् धेरैजसो राजा, जनरल र अधिकारीको रुपमा अभिनय गर्छ। सिआउ शनले धेरैजसो जवान केटाको अभिनय गर्छ।"दान्"लाई"छिङ्ग ई", "वु दान्" र "व्हा दान्" विभाजित गरिन्छ।"छिङ्ग ई" भनेको प्रौढ महिला हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान