नेपाली भाषा

हुंग मनमा भोज दिने छल-प्रपंच

   

सहयोग गर्ने र पृथक हुने अनि अधिकारका लागि खोसाखोस गर्ने र एकले अर्कामाथि आक्रमण गर्ने चीनको प्राचीनकालीन इतिहासमा दुर्बल पक्षले पनि शक्तिशालीलाई पराजित गर्ने, बुद्धिद्बारा बहादुरलाई पराजित गर्ने धेरै सैनिक कथाहरु प्रचलित थिए।

ईसा पूर्व 221मा चीनको इतिहासमा पहिलो एकीकृत सामन्ती राज्य अर्थात छिन राज्यको स्थापना भयो । छिन राज्यका शासकले जनहित विरोधी कार्बाही गर्दै क्रूरतापूर्वक जनताको शोषण गरेकाले जीवनयापनको कठीन अवस्थामा परेका जनताले बारंबार विद्रोह गर्ने गरेका थिए। धेरै विद्रोही पंक्तिमा दुइवटा विद्रोही सेना बलियो हुदैआएका थिए। छु राज्यका जनरल सिआङ युले एक विद्रोही सेनाको नेतृत्व गरेका थिए भने छिन् राज्यका एकजना तल्लो तहका नोकरशाही लिउ पाङले अर्को विद्रोही सेनाको नेतृत्व गरेका थिए ।

अभिमान र कडा स्वभाव भएको सिआङ यु युद्ध-कुशल र साहसी भएका कारण उनको नाम टाढा-टाढासम्म फैलिएको थियो। स्वभाव छट्टु भएका लिउ पाङले दक्ष व्यक्तिको उपयोगका भरमा क्षमता देखाएका थिए। सिआङ यु र लिउ पाङले छिन राज्यका विरुद्ध गठबन्धन गरेर आपसी सहयोग गर्दैआएका थिए र यसरी उनीहरुको शक्ति विस्तार हुदैआएको देखिन्थ्यो। जसले छिन राज्यको राजधानी सिआन् याङमाथि कब्जा जमाउँछ त्यो नै सम्राट बन्ने निधो सिआङ यु र लिउ पाङले गरे।

ईसा पूर्व 207मा सिआङ युले च्यु लु भन्ने ठाउँमा छिन् राज्यका सेनाको मुख्य टुकडीलाई पराजित गरेका थिए । त्यसै बेला लिउ पाङले सेनाको नेतृत्व गरी छिन राज्यको राजधानी सिआन् याङमाथि कब्जा जमाएका थिए। लिउ पाङले सल्लाहकारको सुझाउअनुरुप आफ्ना सैनिकलाई सिआन् याङ नजीकैको बाँधनेर तैनाथ गरेका थिए, यसैले राजधानीमा सिआन् याङमा प्रवेश भएन। लिउ पाङले छिन राज्यको राजदरबार र मुद्रा भण्डारमाथि नाकाबन्दी गरी सिआन् याङका जन-साधारणलाई सान्त्वना दिएका थिए। लिउ पाङले मानिसहरुप्रति सहिष्णुता देखाएको र सेनामा कडा अनुशासनको नीति अवलम्वन गरेका कारण जन-साधारणलाई निकै खुशी लागेको थियो। यसैले जन-साधारणहरुले लिउ पाङ छिन् राज्यका सम्राट बनुन भन्ने इच्छा गरेका थिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान