नेपाली भाषा

चिङ सिङमा भएको लडाइँ सम्बन्धी कथा

   

चाओ सेनाका सल्लाहकार लि चुओ च्यूले कमाण्डर छन यूलाई एकातिर सेनाका मूल शक्तिद्बारा अगाडिबाट छेक्ने गरी हान सेनासित जुझ्ने र अर्कातिर केही सैनिकहरु शत्रुका पछाडि पठाएर खाद्यान्न जस्ता आवश्यक वस्तु उपलब्ध गराउने त्यसको जरुरी आपूर्ति व्यवस्थालाई भंग गरिदिने सुझाव दिए जसबाट अगाडि र पछाडि दुबैतिरबाट शत्रुलाई च्यापेर सखाप पार्न र हान सिङलाई समात्न सकियोस्। तर छन यू खुला रुपमा अगाडिबाट मुखामुख हुने गरी लड्न चाहने रुढीबादी सैनिक भएकाले आफ्ना सैनिकहरु बढी भएको आड-भरोसा लिएर उनले लि चुओ च्यूको सुझाउलाई अस्वीकार गरिदिए।

दुबै सेनाको संख्यामा ठूलो अन्तर रहेकाले यदि अगाडिबाट जबर्जस्ती हमला गर्ने हो भने अवश्य हार खाने कुरा हान सिङलाई राम्ररी थाहा छ। उनले शुरुमा त चिङ सिङ खोंचदेखि निकै टाढा रहेको ठाउँमा आफ्नो सेनाको छाउनी बनाए र यस क्रममा भू-रचना तथा भौगोलिक स्थितिका साथै चाओ सेनाको बन्दोबस्त बारे बारम्बार अनुसन्धान गरे। चाओ सेनाका कमाण्डर छन यूद्बारा विपक्षी सेनालाई नगण्य दृष्टिले हेरेर चाँडै लड्न र चाँडै टुंगो लगाउन चाहने आशा गरिएको जानकारी पाउनासाथ हान सिङले तत्कालै सेनालाई चिङ सिङदेखि 15 किलोमीटर पर रहेको ठाउँमा तैनाथ रहन निर्देशन दिए।

मध्य रातपछि हान सिङको योजना अनुसार राम्ररी छनौट गरेर खटाइएका दुइ हजार शक्तिशाली लडाकु योद्धाहरु हान सेनाको ध्वजा आ-आफ्नो साथमा लिई अँध्यारोमा पहाडी गोरेटोबाट चाओ सेनाको शिविरको पछाडि पुगी चूपचाप लुकेर बसे।

त्यसपछि हान सिङले आफ्नो सेनालाई खुल्लमखुल्ला चाओ सेनासित जुझ्न "अघि बढ" भन्ने आज्ञा दिए। उनको सेना चिङ सिङ खोंचनिर पुग्दाखेरि उज्यालो भइसकेको थियो। चाओ सेनाका कमाण्डर छन यूले पनि संग्राममा लाग्न भनी सम्पूर्ण सैनिकहरुलाई जम्मा पारे। उनले हान सिङपट्टिका सैनिकहरु थोरै भएको र आफ्नो सेना अनुकूल भौगोलिक स्थितिमा परेको देखेर अबिलम्ब भए जति सैनिक पठाई हान सेनामाथि धावा बोल्न अह्राए। दुबै पक्ष बीच झण्डै आधा दिनसम्म हानाहान भए तापनि चाओ सेनाले जित्न सकेन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान