नेपाली भाषा

चाउ या फुद्बारा सातजना सम्राटको विद्रोहलाई साम्य

   

मध्य शिविरमा पुग्दा चाउ या फुले हातमा हतियार लिएर निकै आँटिलो भएर हान् वन् तीका सामु उभिए। चाउ या फुले सम्राट हान् वन् तीलाई दुइवटा हात जोडेर सम्मान भाव व्यक्त गर्दै भने "मैले यो कवचधारी पोशाक लाएकाले ढोग्न सक्दिनँ। त्यसैले यस दर्शन-भेटमा जंगी सलाम मात्र गर्न अनुमति दिनुहोला।" सम्राट हान् वन् ती यो कुरा सुनेर निकै स्तव्ध भए र रथमा रहेको काठ समातेर आफ्नो जीउ पनि अलि अगाडी झुकाउँदै चाउ या फुप्रति पनि शिष्टाचार व्यक्त गरे। त्यसको लगत्तै सम्राटले सम्पूर्ण सेनालाई सान्त्वना दिन मानिस पठाए। सम्पूर्ण कार्य पूरा भएपछि हान् वन् तीले शि लिउबाट प्रस्थान गरी छाङ आन् फर्कने बाटोमा हान् वन् तीका पार्श्व वर्तीहरुले रिस उठेर चाउ या फुले सम्राटप्रति शिष्टाचार नगरेको विचार प्रकट गरेका थिए। तर सम्राट हान् वन् तीले चाउ या फुको प्रसंसा गर्दै भने:"यो नै वास्तविक सेनापति हो। पाआ शाङ र चिङ चाउका सेनाले सतर्कता नअपनाई हमला गर्न शत्रु आएमा अवश्य नै युद्धबन्दी बन्नेछन। चाउ या फु जस्तो सेनापतिले सेनामा कडा अनुशासन कायम गरेकाले हमला गर्ने शत्रुको आँट छैन।" सम्राट हान् वन् तीले यस पल्टको स्थलगत निरिक्षणमा चाउ या फु एकजना दक्ष सैनिक हो भन्ठानेका थिए।

अर्को वर्ष, हान् वन् तीलाई साह्रो रोग लागेको थियो। मृत्युको संघारमा पुगेका उनले युवराजलाई आफ्ना सामु बोलाएर विशेष रुपमा यो कुरा सम्झाएका थिएः "यदि कुनै दिन राज्य विप्लव भएमा चाउ या फुलाई सेनाको निर्देशन गर्न आदेश दिनुपर्छ। यसो गरेमा गडबड हुन सक्नेछैन।"सम्राट हान् वन् तीको निधनपछि युवराज लिउ छिले राज्यारोहण गरे। यो नै हान् चिङ ती हो। नयाँ सम्राट जवान भएकाले उ वाङ भन्ने सम्राट लिउ पि प्रमुख रहेका सातवटा स-साना राज्यका रजौटा जस्ता साना सम्राटले मौका छोपेर राजसिंहासनमा बस्न विद्रोह गर्ने षडयन्त्र गरेका थिए। हान् चिङ तीले चाउ या फुलाई विद्रोहलाई साम्य पार्न आदेश दिएका थिए। सातजना साना सम्राटको संयुक्त शक्तिका सामु चाउ या फुले संरक्षण गर्ने र हमला नगर्ने रणकौशल अपनाएका थिए। सम्राट हान् चिङ तीले उनलाई विद्रोही सेनामाथि हमला गर्ने आदेश दिएर पनि चाउ या फुले आदेश मानेनन। शुरुमा विद्रोही सेना शक्तिशाली देखिएका थिए तर विद्रोह गर्नु अन्यायपूर्ण भएका कारण धेरै दिनसम्म त्यो टिक्न सकेन। नभन्दै समय बित्दै जाँदा विद्रोही सेनाले धैर्यता अपनाउन नसकी हतार-पतार गर्दै पटक-पटक चुनौती दिएका थिए। चाउ या फुले अझ पनि जवाफी प्रहार गरेनन। विद्रोही सेनाले आज यता भोलि उता हमला गरेकाले चाउ या फुले त्यो दाउपेजलाई स्पष्टसँग बुझे। विद्रोही सेना बाध्य भएर हट्दैगए। चाउ या फुले मौका हेरेर पिछा गर्न शक्तिशाली सेनालाई पठाएका थिए र यसरी विद्रोही सेनालाई तितर-बितर पारिदिएका थिए। भाग्ने क्रममा तल्लो तहका अधिकारीले लिउ पिलाई मारिदिए। सम्राट ठानिने अरु रजौटाहरुले पनि एकेक गरी आत्महत्या गरेका थिए।

सातजना साना राज्यका सम्राटको विद्रोहलाई साम्य पारियो र सि हान् अर्थात पश्चिमी हान् राजवंशको एकीकरणलाई सुरक्षित पारिनुका साथै अधिकारलाई पनि सम्राटका हातमा केन्द्रित पारिएको थियो। यसले गर्दा चीनको इतिहासमा एक ज्वलन्त अवधि देखापरेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान