नेपाली भाषा

परालले मोडेको डुंगाद्बारा बाण बटुलेर लिने कथा

   

यो ईसापूर्व तेस्रो शताब्दीतिरको कथा हो। त्यस बेला चीनको भू-भागमा वै, शु र वु तीनवटा राज्य आपसमा मुखामुख गरिरहेको स्थिति देखिएको थियो। तीमध्ये वै राज्य उत्तरी भेगमा परेको थियो भने शु राज्य दक्षिण-पश्चिमी भेगमा र वु राज्य दक्षिणी भेगमा। यसैबीच एकपल्ट वै राज्यले जल-मार्गमार्फत याङ-त्सी नदीको छेउछाउमा अवस्थित वु राज्यमाथि धावा बोल्न भनेर ठूलो संख्यामा सैनिकहरु पठाएको थियो र केही दिनमै वै राज्यको सेना वु राज्यको सिमानादेखि नजिकै पुगी हमलाका लागि अनुकूल मौका पर्खन भनेर नदीको किनारामा छाउनी बनाएर बसे।

शु राज्यका मार्शल चौ युले वै राज्यका सेनाको अवस्था बारे अध्ययन गरेपछि खास गरी बाँणको प्रयोग गरी आक्रमण गर्ने शत्रुहरुको सामना गरिछाड्ने निर्णय गरेका थिए। तर समश्या के रहेछ भने त्यस संग्राममा नभई नहुने एक लाख जति बाण छोटो समयभित्र कसरी बनाइसक्ने? किनभने तिनताकाको वु राज्यमा भएका कारिगरहरुको क्षमता अनुसार यति बाण बनाउनका लागि कम्तिमा पनि दश दिन चाहिन्छ। तर वु राज्यको प्रतिरक्षाका लागि दश दिन पर्खनु हुँदैहुँदैन।

 यस बेला चु राज्यका सैनिक सल्लाहकार चु क ल्याङ संयोगवश वु राज्यको भ्रमणमा आए। उनी एकजना अति बुद्धिमानी व्यक्ति थिए। त्यसैले मार्शल चौले उनसँग कसरी सकेसम्म छिटो चाहिए जति बाण बनाउन सकिन्छ भनेर सल्लाह मागे। चुले चौलाई तीन दिन भए पुग्छ भन्ने जवाफ दिए। चुले यो अत्युक्तिपूर्ण कुरा गरेको होला भन्ने सबैले ठहर गरे। तर चुले भने जंगी आदेश-पत्रमा सहीछाप गरेर दिए जसको अर्थ के रहेछ भने निर्धारित समयभित्र कार्यभार पूरा गर्न नसकेमा सजाय स्वरुप टाउको काटिने छ। सैनिक सल्लाहकार चु क ल्याङले यो कार्यभार स्वीकार गरे तर उनि रत्तिभर आत्तिएको देखिंदैनथे। उनले वु राज्यका मन्त्री लु सुलाई भने-- यति धेरै बाँण जुटाउनका लागि साधारण जुक्ति प्रयोग नगर्नु स्वाभाविकै कुरा हो। यसका अतिरिक्त चुले आफ्ना लागि बीसवटा डुंगा तयार गर्न, प्रत्येक डुंगामा तीसजना जवानको व्यवस्था मिलाउनअनि पूरै डुंगालाई कालो कपडा र बाहिर परालले मोड्न अनुरोध गर्नुका साथै लु सुसँग आफ्नो गोप्य योजना बारे अरु कसैलाई पनि नबताउन बारम्बार आग्रह पनि गरे। लु सुले यसको भेद बुझ्न नसके तापनि चुले भने अनुसार सबै कुरा ठिकठाक पारे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान