नेपाली भाषा

सि मन पाउको कथा

   

सि मन पाउ ईसापूर्व पाँचौं शताब्दीमा चीनका एकजना प्रसिद्ध हाकिमको नाम हो। उनको कथा पनि चिनियाँ लोकप्रिय जन-श्रुतिमध्येको एक भएको छ। उनी निकै सक्षम भएकाले राजाले उनलाई जिल्लाका प्रमुख नियुक्त गरी ये ति भन्ने ठाउँमा खटाए। उनले आफ्नो कार्य-थलोमा पुग्नासाथ सुनाम कमाएका केही स्थानीय बूढा-पाकाहरुलाई बोलाएर भेट गरेका थिए। अनि स्थानीय बासीन्दाहरुसँग उनिलाई सबैभन्दा बढी पीर लागेको कुरा के हो भनेर सोधे। ती बूढा-पाकाहरुको जवाफ के थियो भने हरेक साल जल-देवतालाई दुलही चढाउनु एउटा अति दु:खलाग्दो कुरा हो। यसका कारण यो सारा ये ति जिल्ला कंगाल हुने स्थितिमा पुगेको छ।

कुरा के रहेछ भने त्यो ठाउँ ह्वाङ ह नदीको किनारमै परेकाले ह्वाङ ह नदीमा जल-देवता बसिरहेको भन्ने विश्वास स्थानीय जनतामा रहेछ। ती देवतालाई बलिका रुपमा दुलही नचढाउने हो भने नदीमा बाढी आई जिल्ला सम्पूर्ण सदरमुकाम जलमग्न भई कालको मुखमा पर्नजाने खतरा हुन्छ रे। यसरी लामो समयदेखि यता स्थानीय ठूला ठालु एवम् अधिकारी तथा झाँक्रीको काम गर्ने बूढीहरुले यो विधि सम्पादन गर्न खूब तत्परता देखाउने गरिआएका छन। यस क्रममा अतिरिक्त रकम जुटाउने र त्यो रकम आफैले बाँडचुँड गरेर खाने काम तिनीहरु रहेछ।

ती बूढाहरुको थप जानकारी अनुसार, हरेक वर्षको निश्चित अवधिमा एउटी झाँक्री बूढी यसो बाहिर निरीक्षण गर्न आउँछिन्। जब उनले गरीब परिवारकी रुपमय केटी भेटेर "यसलाई जल-देवताकी श्रीमती हुन पठाउनुपर्छ" भन्छिन्, तब स्थानीय सरकारका तर्फबाट आएका व्यक्तिले नै जबर्जस्ती निज केटीलाई घरबाट लगिदिन्छन्। एकान्त ठाउँमा केटीलाई राम्रोसँग लाउन-खान दिई दश दिन चानचुन पालेपछि बिहाको दिनमा सिंगारिएकी केटीलाई एउटा गुन्द्रीमा बसाएर नदीमा छाडिन्छ र देख्दादेख्दै पानीले निजलाई क्वाप्पै खाइदिन्छ। त्यसपछि झाँक्री बूढीले "अब जल-देवताले मन परेकी दुलही पाइसक्यो" भनेर सम्बन्धित संस्कार आयोजना गर्छिन। सि मन पाउले यो सुनेपछि केही पनि बोलेनन्। ती बूढाहरुले पनि यी नयाँ जिल्ला-प्रमुखबाट के के गर्न सकिएला भनेर सोचेका छैनन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान