नेपाली भाषा

सुङ्ग युको कथा: "छिमेकी केटीले भित्ताबाट च्याउने"

   

चीनको प्राचीन साहित्त्यिक इतिहासमा एकजना प्रख्यात लेखक थिए। उनको नाउँ सुङ्ग यु थियो। किम्बदन्ती अनुसार, उनि एकदमै सुन्दर पुरुष थिए। सुङ्ग यु र चीनका प्राचीन नामी कवि छ्यु युआन एउटै युगका मानिस थिए। कवि छ्यु युआनले"छु छ" नामक कविताजस्तै एक किसिमको साहित्त्यिक सिर्जना गरेका थिए। यस किसिमको रचनामा शब्द र वाक्य निकै मिलेको हुनुपर्थ्यो र त्यसका साथसाथै बढी उपमा,तुलना र अर्थालङ्कारका तरिका अपनाउनुपर्थ्यो। कवि छ्यु युआनको स्वर्गारोहणपछि सुङ्ग यु उपर्युक्त किसिमको साहित्त्यिक रचना शैलीको बिंडो थाप्ने एकजना प्रमुख साहित्यकार थिए। उनको नाउँबाट लेखिएको"तङ्ग थु च महिलालाई मन पराउँछ"शिर्षकको एउटा कविता-संग्रहमा संग्रहित एउटा लेखबाट उनिसित सम्बन्धित"छिमेकी केटीले भित्ताबाट च्याउने"शिर्षकको एउटा रमाइलो कथा सुनाइएको देखिन्छ।

उक्त कथाका अनुसार, सुङ्ग यु र तङ्ग थु च दुबै "छु" राज-वंशका मन्त्रीहरु थिए र उनीहरु दुबै राजासित नजिक थिए। तर तङ्ग थु चले सुङ्ग युको ज्ञान र विवेकशीलतामाथि ईर्षा गरेकाले मौका छोपेर राजाका सामु सुङ्ग युमाथि हिलो छ्याप्दै नराम्रो कुरा गरे। एक पटकको कुरा थियो-तङ्ग थु चले राजालाई भने: श्री सुङ्गको अनुहार सुन्दर र उनको ज्ञानको भण्डार अनि विवेकशीलता उल्लेख्य भएका मात्र नभई उनी केटी र सुन्दरी महिलालाई पनि मन पराउँछन् रे। त्यसैले हजूरबाट हजूरको सहयोगका लागि उनलाई आफ्नो दरबारमा नपसाइबक्सनु नै बेस हुन्छ। किनकि दरवारमा त्यति धेरै सुन्दरी रानीहरु होइबक्सन्छ। सुङ्ग युलाई रानीहरुले देखेको खण्डमा पछि नराम्रो कुरा आउनसक्छ।

राजाबाट प्रमाण प्राप्त गर्नका लागि मन्त्री सुङ्ग युलाई बोलाइबक्सेको थियो। श्री सुङ्गले यस सम्बन्धी प्रश्नको जवाफ दिंदै राजालाई भनेः"मेरो अनुहार साँच्चिनै सुन्दर छ। तर यो मेरा बाबु-आमाले दिनुभएको हो। मेरो ज्ञान र बुद्धिको भण्डार साँच्चिनै भरि छ। त्यो त मैले मेहनत गरेर प्राप्त गरेको हुँ। सुन्दरी केटी वा महिलाहरुलाई मन पराउँदैआएको भन्ने कुरा ममाथि हिलो छ्याप्ने प्रयास पटक्कै होइन।"

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान