नेपाली भाषा

चारैतिरबाट"छु"नामक गीत भन्ने कथा

   

शत्रुको घेरामा परेका स्याङ्ग यु र उनका सैनिकहरुले एक राति चारैतिरबाट निकै परिचित गीत सुने। अहो, त्यो गीत त आफ्नो जन्मथलोको लोक गीत पो रहेछ!त्यो गीत लीउ पाङ्गको शिविरमा गाइएको थियो। स्याङ्ग यु र उनका सैनिकहरुलाई एकदमै अचम्म लाग्यो र लीउ पाङ्गले आफ्नो जन्मथलोमाथि आक्रमण गरी आफ्ना बाबु-आमा, दाजु-भाइ र दिदी-बहिनीहरुलाई पक्राउ गरी यहाँ ल्याइसकेको अनुमान स्याङ्ग युले गरे। यति मात्र नभई ती परिचित गीतहरुबाट सैनिकहरुलाई आ-आफ्नो जन्मथलोको सम्झना गराइयो। यति बेलादेखि स्याङ्ग युको सेनामा गोलमाल शुरु भयो। समूहका समूह सैनिकहरु रातको अँध्यारोको फाइदा उठाई भागे। एक लाख सैनिकहरुमध्ये अब स्याङ्ग युको से‌नामा दुइ तीन सयजना मात्र बाँकी रहे।

यो लीउ पाङ्गले प्रयोग गरेको षडयन्त्रको परिणाम थियो। उनले आफ्ना सैनिकहरुलाई छु राज-वंशका भावनायुक्त दुखान्त लोक गीत गाउन लगाए। यो स्याङ्ग युका सैनिकहरुको स्थिर मनस्थितिलाई बिथोल्नका लागि गरिएको षडयन्त्र थियो।

यसरी"के स्या"नामक लडाईंमा अन्त्यमा लीउ पाङ्ग विजयी भए। स्याङ्ग युले वाध्य भएर आत्म-हत्या गरे। पछि लीउ पाङ्गले हान राज-वंशको स्थापना गरे। हान राज-वंशकाल चीनको इतिहासमा सबैभन्दा समृद्ध अवधिहरुमध्येको एक मानिन्छ। यसले विश्वको आर्थिक तथा साँस्कृतिक क्षेत्रमा ठूलो प्रभाव पारेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान