नेपाली भाषा

चारैतिरबाट"छु"नामक गीत भन्ने कथा

   

शुरुमा स्याङ्ग यु तुलनात्मक रुपमा उच्च स्थानमा थिए। त्यसैकारण उनले स्वयम्लाई सम्राट सरह"पश्चिमी छु राज्यका राजा"घोषणा गरे र लीउ पाङ्गलाई रजौटा सरह"हान राज्यका रजौटा"को राजामा नियुक्त गरे। आफ्नो शक्तिलाई सुरक्षित पार्ने हेतुले लीउ पाङ्गले सार्वजनिक क्षेत्रमा स्याङ्ग युको प्रशासन पद्धतिलाई मान्यता दिनेगर्थे। तथापि गोप्यरुपमा उनले दक्ष व्यक्तिहरुलाई सेनामा भर्ना गर्नथाले। परिणामस्वरुप विस्तारै-विस्तारै लीउ पाङ्ग र स्याङ्ग युको शक्ति बराबर भयो।

स्याङ्ग यु र लीउ पाङ्ग बीचको लडाइँ पाँच/सात वर्षसम्म चलेको थियो। चीनको इतिहासमा त्यसलाई "छू र हान बीचको भिडन्त"भनिन्छ। एक पटकको लडाइँमा स्याङ्ग युले लीउ पाङ्गलाई नराम्रोसित पराजित गर्नुका साथै लीय पाङ्गका बुवा र उनकी श्रीमतीलाई युद्धबन्दी बनाए। स्याङ्ग युले लीउका बुवालाई बन्धक बनाएपछि आत्म-समर्पण गर्न लीउ पाङ्गलाई आग्रह गरे। यदि आत्म-समर्पण नगरेको खण्डमा लीउ पाङ्गका बुवालाई मारेपछि काटेर पकाउने धम्की दिए। तर मानिसहरुले चिताउन नसक्ने कुरा भयो यहाँ। लीउ पाङ्गले स्याङ्ग युलाई भनेः"छिन राज-वंश विरोधी संघर्षमा हामीले मीत लगायौं। हामी दाजु-भाइ हौं। मेरा बुवा तपाईंका बुवा हुनुहुन्छ। यदि मेरा बुवालाई मारेर पकाएर खाने हो भने मलाई पनि एक कचौरा खानदिन नविर्सनुहोला।"यस्तो कुरा सुनेर स्याङ्ग युले केही उपाय नलागी लीउ पाङ्गका बुवा र उनकी श्रीमतीलाई मुक्त गरे।

लीउ पाङ्ग र स्याङ्ग यु बीचको अन्तिम अडाईं "के स्या"नामक ठाउँ(अहिलेको आन व्है प्रान्तमा)मा भएको थियो। एकदमै भीषण संघर्ष भएपछि लीउ पाङ्गका सेनाले स्याङ्ग युको सेनालाई घेरामा पारेको थियो। त्यस बेला स्याङ्ग यु नराम्रो अवस्थामा परे पनि उनका एक लाखभन्दा बढी सैनिकहरु थिए। त्यसकारण लीउ पाङ्गले स्याङ्ग युलाई एकै पटक खत्तम पार्न सकेनन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान