नेपाली भाषा

तीनजनाले चलाएको हल्ला सत्य बनेको कथा

   

हुँदैनभएको कुरालाई, अथवा गलत कुरालाई धेरै पटक प्रचार-प्रसार गरेपछि सर्वसाधारणले त्यसलाई सत्य कुराका रुपमा स्वीकार गर्नसक्छन्। चीनको सँस्कृतिमा "तीन जनाले चलाएको हल्ला सत्य बन्ने " भन्ने कथामा यो कुरा उल्लेख गरिएको छ।

इसा पूर्व पाँचौं शताव्दीमा धेरै साना मुलुकहरु थिए। ती मुलुकहरु बीच सीमा-क्षेत्रमा सधैं विवाद भै युद्ध नै हुनेगर्दथ्यो। यसैकारण इतिहासविदहरुले यस अवधिलाई "युद्धकाल " भन्ने नाम दिएका हुन।

त्यस बेला दुइवटा मुलुक- वै मुलुक र चाउ मुलुकको सिमाना एक-अर्कासँग जोडिएको थियो। ती दुइवटा मुलुक बीच मैत्रिपूर्ण सम्झौता सम्पन्न भएको थियो। त्यस सम्झौतालाई अरु प्रभावकारी बनाउनका लागि दुबै मुलुकले एक-अर्काका बन्धकहरुको आदान-प्रदान गर्ने निर्णय गरेका थिए। त्यसैले वैका राजाले आफ्ना एकजना छोरालाई चाउ मुलुकको राजधानी हान तानमा पुठाउनुभएको थियो। आफ्ना छोराको सुरक्षाका लागि वैका राजाले एकजना मन्त्री फांग छौंलाई छोराका साथ पठाउने निर्णय गर्नुभयो।

श्री फांग छौं एकजना दक्ष मन्त्री हुनुहुन्थ्यो। सरकारमा उहाँको विरोध गर्ने केही पदाधिकारी थिए। आफू देश बाहिर गएपछि केही पदाधिकारीहरुले आफ्ना बारेमा राजासमक्ष केही नराम्रो कुरा गर्नसक्ने चिन्ता उहाँमा थियो। त्यसैले प्रस्थान गर्नुअघि उहाँले वैका राजालाई भन्नुभयो: एकजना मानिसले सडकमा एउटा बाघ आएको कुरा भन्यो भने तपाईं त्यस्तो कुरामा विश्वास गर्नुहुन्छ कि हुन्न?

राजाले भन्नुभयोः म विश्वास गर्नसक्दिन। बाघ कसरी सडकमा आउनसक्छ?

श्री फांग छौंले फेरि सोध्नुभयोः दुइजना मानिसले सडकमा एउटा बाघ आएको कुरा भने भने तपाईं त्यस्तो कुराको विश्वास गर्नुहुन्छ कि हुन्न?

वै राजाले जवाफ दिनुभयोः दुइजना मानिसले उक्त कुरा भनमा मैले केही हदसम्म विश्वास गर्नुपर्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान