नेपाली भाषा

"छ्येन च्यु हौ कुंग" भन्ने कथा

   

कुनै मानिसलाई पहिले वास्ता नगर्नु, पछि उसको सम्मान गर्नु भन्ने कुरालाई अभिव्यक्त गर्नका लागि चिनियाँ भाषामा एउटा उखान छ। त्यो हो: "छ्येन च्यु हौ कुंग"। यस उखानको उत्पत्ति कसरी भयो त?

इसा पूर्व पाँचौं शताव्दीलाई चीनको इतिहासमा "युद्धकाल"भनिन्छ। त्यस बेला चीनमा धेरै मुलुकहरु थिए। तीमध्ये छिन, येन, चाउ, छि, छु, हान, वै सातवटा मुलुक अलिक सशक्त थिए। वर्तमान चीनको उत्तर-पश्चिमी भागमा पर्ने पल्लो शान सिमा रहेको छिन मुलुकले राजनीति र अर्थतन्त्रका क्षेत्रमा धेरै सुधार गरेका कारण त्यो अरु मुलुकभन्दा शक्तिशाली थियो। त्यसले बेला-बेलामा अरु छवटा मुलुकमाथि आक्रमण गर्नेगरेको थियो। ती अरु छवटा मुलुकहरुमा छिन समर्थक तथा छिन विरोधी दुइवटा पक्ष देखापरेका थिए। छिन समर्थक पक्षले ती छ मुलुकहरुले छिन मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुपर्ने, र छिन मुलुकलाई युद्ध भड्काउने मौका दिनुनहुने अडान लिएको थियो। त्यस अडानलाई "ल्येन हंग" भनिन्थ्यो। छिन विरोधी पक्षले ती छ मुलुकहरुले सँगै मिलेर छिन मुलुकको विरोध गर्नुपर्ने अडान लिएको थियो। यस अडानलाई "ह चुंग" भनिन्थ्यो।

त्यति बेला त्यहाँ धेरै सल्लाहकारहरु थिए। ती सल्लाहकारहरुले विभिन्न मुलुकमा आफ्ना धारणाको प्रचार-प्रसार गरेका थिए। ती धारणाहरुलाई मुलुकका राजाद्वारा स्वीकार गरिएपछि सल्लाहकार प्रख्यात हुनसक्थ्यो र धनी बन्नसक्थो। श्री सु छिन यस्ता एकजना सल्लाहकार हुनुहुन्थ्यो।

श्री सु छिनले सर्वप्रथम छिन मुलुक गएर उक्त "ल्येन हंग" भन्ने धारणा छिन मुलुकका राजासमक्ष प्रस्तुत गर्नुभयो। उहाँले छवटै मुलुकलाई गाभेर एउटै मुलुक बनाउन छिन मुलुकलाई सुझाउ दिनुभयो। छिन मुलुका राजाले उहाँको धारणालाई अस्वीकार गर्नुभयो। किनभने त्यस बेला छिन मुलुकले चीनको एकीकरण गर्नका लागि पूर्ण तयारी गरिसकेको थिएन। श्री सु छिन आफूसङ्ग भएको पैसा सकिएपछि घर फर्कनुभयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान