नेपाली भाषा

फुटिसकेको ऐना फेरि जोडिसकेको छ भन्ने कथा

   

राजकुमारी ल छाङ्गले आफ्ना श्रीमानका विचार र सुझाव मानेकी थिइन्। यसैबेला स्यू द यानले एउटा गोलाकार काँस्य ऐना लिई त्यसलाई दुई टुक्रा फुटाएका थिए र आधालाई आफुकहाँ एवम् अर्को आधालाई पत्नीकहाँ राखेका थिए। उनले बोल्दै राम्रोसित सुरक्षित राख भन्नुका साथै " साँच्चिनै हामी बाध्य भई अलगिएर बेग्ला बेग्लै ठाउँ बस्ने हो भने चिनियाँ पात्रो अनुसार हरेक वर्षको जनवरीको पन्ध्र तारिखका दिनमा बजारमा गई त्यस आधा ऐनालाई ठूलो स्वरमा कराएर बेच्न आफ्ना समर्थक साथीलाई पठाउ"भनेर आफ्नी पत्नीलाई सम्झाउने गरे। उनले अझ बताएः "यदि म बाँचिरहेको छु भने सुसमाचार सुन्न पाउनका लागि म अवश्य नै त्यहाँ जाने छु र आधा आधा ऐनाको प्रमारणको आधारमा तिमीलाई भेला हुन जानेछु।"

धेरै समय नबिती उत्तर चीनको एकीकरण गरिरहेका स्वी राज्य वंशका राजा याङ्ग च्यानले सैनिकहरुलाई पठाएर छन राज्यलाई प्रहार गरे। अन्तमा ससाना छन राज्य खत्तम भयो र राजालाई मारिए। उता उक्त उच्च कर्मचारी अधिकार स्यू यान द बाध्य भएर अरु ठाउँ भागेर गए। यता यसै लडाइंमा उत्पन्न भएका बहादुरीहरुलाई प्रशंसा गरे र पुरस्कार दिए। पक्राउ गरिएकी ल छाङ्ग राजकुमारीलाई याङ्ग सु नामक एक जना मन्त्रीको पत्नी बनाइयो।

यता उता भौंतारिएका स्यू द यानले आफ्नी पत्नी स्वी राज्य वंशको राजधानी ता सिङ्ग नगर(अहिले चीनको वल्लो शान सि प्रान्तको सदरमुकाम शहर सि आन)पनि गइसकेको कुरा थाहा पाएपछि उन बैदलबाट लामो लामो बाटोमा लागी बल्ल बल्ल भई त्यहाँ गए। यता निकै आधा रातमा उनले चोरेर उक्त आधा ऐनालाई बाहिर निकालेर आफ्नी पत्नीसंगका आनन्दीय र राम्रा राम्रा कुराहरु सम्झन्थे। उता उनकी पत्नी ल छाङ्ग राजकुमारीले याङ्ग सुको घरमा एकदमै भोग विलासको जीवन बिताएपनि आफ्नो मनमा चिताउँदै आएका मान्छे सधैं नै आफ्नो पहिलेको पति हुन्थे। अब के गर्ने त ? केही उपाय नलागी सधैं नै चोरेर उक्त आधा ऐनालाई छुएर गइसकेका राम्रा राम्रा कुराहरुको सम्झना गर्थिन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान