नेपाली भाषा

नान ख भन्ने ठाउँमा देखेको एक सपना

   

विवाहपछि ती दम्पत्ति बीच राम्रो प्रेम-भावको विकास भयो र उनीहरु राम्रो जीवन बिताउन थाले। केही समयपछि सम्राटले ठुन यु फनलाई नान् ख जिल्लाको प्रमुख बनाएर पठाए। त्यहाँ पुगेका ठुन यु फनले जनताको ठूलो ममता जित्न सफल भए। उनले पटक-पटक विभिन्न ठाउँको स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीहरुको कामको मूल्याङ्कन गर्नेगरेका थिए। उनको मातहतमा रहेका क्षेत्रहरुमा शासन-व्यवस्था राम्रो थियो र प्रभावकारी काम पनि गरिएको थियो। त्यसैले त्यहाँका जनताले उनको निकै प्रसंसा गर्नेगरेका थिए। यसरी तीस वर्ष बित्यो। ठुन यु फनको उच्च उपलव्धिका कारण उनको नाम पनि देशभरि फैलियो। ठुन यु फनका पाँचजना छोरा र दुइवटी छोरी थिए। उनको जीवन निकै सुखी थियो। सम्राटले राजधानीमै काम गर्नलगाउन र पदोन्नति दिलाउनका उनलाई पटक-पटक बोलाएका थिए। स्थानीय बासीहरुले यो खबर थाहा पाएपछि टोल-सडकमा भेला भएर नान खमै काम गरिरहनुहोस भनेर अनुरोध गर्दै उनको रथ रोकेका थिए। ठुन यु फन जन-साधारणको भावनाबाट निकै प्रभावित भए र त्यहीं बसे। उनले सम्राटलाई पनि वास्तविक कुराबारे लिखित जानकारी दिएका थिए। सम्राटले उनको उपलव्धिको प्रसंसा गर्दै उनलाई धेरै सुन-चाँदी पनि पुरस्कारका रुपमा दिएका थिए।

एक वर्षको कुरा थियो, छान लो को भन्ने एक राज्यले ता व्हे को भन्ने मुलुकमाथि आक्रमण गर्न सेना पठायो। ता व्हे कोका सैनिकहरुले हुकुम अनुसार शत्रुको प्रतिकार गरे। तर पटक-पटक हार खाए। आफ्ना सेनाले हार खाएको खबर सुनेपछि सम्राटलाई निकै दुःख लाग्यो र उनले शत्रुको सामना गर्ने उपाय बारे छलफल गर्न भनी तत्कालै सैनिक तथा निजामती अधिकारीहरुलाई बोलाए। शत्रु-सेनाले राजधानीमा आक्रमण गर्दैछ भन्ने कुरा सुनेर भाइ-भारादारहरु निकै डराए। उनिहरुले प्रतिकारको कुनै उपाय पनि देखेनन।

सम्राटले ती भाइ-भारादारहरुको हुलिया देखेर निकै रिसाएर भनेः साधारण दिनमा तिमीहरुले भोग विलास गर्नेगरेका छौ। मुलुक संकटमा परेका बेला तिमीहरु एक शब्द पनि बोल्दैनौ, डरले कामिरहेका छौ। यस्तो अवस्थामा तिमीहरुको के आवश्यकता?

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान