नान ख भन्ने ठाउँमा देखेको एक सपना

   

चिनियाँ भाषामा"नान ख भन्ने ठाउँमा देख्ने एक सपना" भन्ने एक उखान प्रचलित छ। यस उखानले सपनामा देख्ने दृश्य वा साकार तुल्याउन नसकिने मानिसका कल्पना भन्ने कुरालाई उजागर गर्दछ। इस्वी सम्बतअनुसार, नवौं शताब्दीमा चीनको थाङ वंशका लेखक लि कुंग चोको उपन्यास "नान ख भन्ने ठाउँका हाकिम सम्बन्धी जीवन वृत्तान्त" बाट यो उखानको उत्पत्ति भएको हो।

त्यति बेला ठुन यु फन् नामका एकजना मानिस थिए। साधारण दिनमा पनि रक्सी खाने तीनको बानी थियो। उनको घरको आगनमा व्हे शू भन्ने एक किसिमको चिनियाँ रुख रोपिएको थियो। त्यस रुखका हाँगा -बिंगा निकै घना थिए। गर्मी याममा हावा चलेको बेला राति यस रुखमुनि बस्दा निकै शितल हुन्थ्यो।

ठुन यु फन्को जन्म दिवसका दिन बधाइ दिन उनका नाता-गोता र इष्ट-मित्रहरु उनको घरमा आएका थिए। त्यस दिनु उनले निकै खुशी भएर बढी रक्सी खाए। रात धेरै बितिसकेको थियो। नाता-गोता र इष्ट-मित्रहरु सबै आ-आफ्ना घर फर्किसकेका थिए। नशाले लठ्ठ परेका ठुन यु फन रुखमुनि सुते।

मस्त निद्रामा परेका ठुन यु फनले त्यति बेला एउटा सपना देखे। सपनामा उनले दुइजना दूतले आफूलाई निम्ता गरेर एउटा रुखको दुलामा प्रवेश गराए। रुखको दुलाभित्र सफा आकाश र रमणीय दृश्य देखियो। त्यस ठाउँलाई ता व्है को अर्थात ठुलो व्हे रुख राज्य भनिन्थ्यो। त्यस बेला राजधानीमा अधिकारी छनौट गर्नका लागि परीक्षा चलिरहेको थियो। त्यो देखेर उनले पनि नाम दर्ता गराए। परीक्षामा राम्रा लेख-निबन्ध लेखेकाले उनले पहिलो स्थान हासिल गरे। त्यसको लगत्तै सम्राटले उनको मौखिक परिक्षा लिनथाले। उनको जीउ-डाल निकै राम्रो हुनुका साथै वौद्धिक क्षमता पनि उच्च भएको देखेर सम्राट पनि निकै खुशी भए। त्यसैले सम्राटले उनलाई प्रथम स्थानमा राखे र राजकुमारीसित उनको विवाह पनि गरिदिए। ठुन यु फन परिक्षामा प्रथम श्रेणीमा आउनुका साथै उनले राजकुमारीसित विवाह पनि गर्न पाएको यो कुरा राजधानीमा एक कान दुइ कान भयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान