नेपाली भाषा

लो याङमा कागज महंगो भएको सम्बन्धी कथा

   

छापाखानाको त्यति विकास भैनसकेको प्राचीनकालीन समाजमा हातैले कविता र निबन्ध लेखेर एक-अर्कालाई हस्तान्तरण गर्ने चलन थियो। चीनको इतिहासमा चो स नामका एकजना साहित्यकार थिए। उनले एउटा निकै राम्रो विषयमा कविता रचेका कारण खानदानी परीवारका मानिस र धनी मानिसहरुले तँछाड-मछाड गर्दै यस रचनालाई आफूसँग राख्न चाहेकाले धेरै कागजको आवश्यकता भै बजारमा कागज महंगो भएको थियो।

त्यस कथाको मुख्य पात्रको नाम चो स थियो। सन् 250 मा उनको जन्म भएको थियो र उनी चिन् वंशका प्रसिद्ध साहित्यकार थिए। कुरुप अनुहारका चो स सानो उमेरमा त्यति बुद्धिमान थिएनन। उनले चिनियाँ लिपी लेख्न र बाजा बजाउन सिकेका थिए। तैपनि यसमा खासै सफलता हासिल गर्नसकेका थिएनन् । पछि गएर उनका पिताको प्रेरणमा उनले मेहनत साथ लेखपढ गर्नथाले र उनको क्षमतामा राम्रो विकास भयो।

बीस वर्षको उमेरमा चो सकी बहिनीलाई राजदरबारमा पुर्‍याइएको थियो। त्यसैले चो सको परीवार पनि त्यस बेलाको राजधानी लो याङमा सरेको थियो। त्यस बेला चो स समाजको उच्च तहका साहित्यकार र विद्बानहरुको सम्पर्कमा आए। परिणामस्वरुप उनको लेख, निबन्ध क्षेत्रको क्षमता निकै बढेको थियो । अन्तमा चो सले"सान तु फु"शिर्षकको रचना तयार पारेका थिए।

तीस वर्षमा चो सले"सान तु फु"शिर्षकको प्रसिद्ध रचना तयार पारेकाले त्यस बेलाका प्रसिद्ध साहित्यकार व्हाङ फु मिले त्यस रचनाका लागि प्राक्कथन लेख्नुभयो भने चाङ चोले त्यस रचनाका लागि व्याख्यान लेख्नुभयो। त्यो रचना शुरुमा साहित्त्यिक क्षेत्रमा प्रचलित हुनथाल्यो र पछिगएर कुलिन परीवार र धनी परीवारका मानिसहरुले पनि एकपछि अर्को गरी टिपोट गर्नथालेका थिए। त्यसैकारण त्यस बेलाको राजधानी लो याङ शहरका कागज पसलमा कागज पाउन गाह्रो भएको थियो। यसका साथसाथै कागजको भाउ पनि बढ्यो। यो नै"लो याङमा कागज महंगो"भएको भन्ने कथा हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान