नेपाली भाषा

जाउलोको भाग लगाएर र अचारलाई मसिनो टुक्रा पारेर खाने कथा

   

चीनको इतिहासमा एकजना उत्कृष्ठ राजनीतिज्ञ तथा साहित्यकार थिए। उनको नाउँ हो-- फान चोङ आन। उनले राजनीतिक क्षेत्रमा श्रेष्ठ योगदान गरेका थिए अनि साहित्यिक तथा सैनिक क्षेत्रमा पनि असाधारण योग्यता देखाएका थिए। उनले लेखेको निबन्ध "युए याङ भवनको विवरण" अति नामी छ जसको "दुःख-कष्ट आइपरेमा सारा दुनियाँभन्दा अघि सर्छु, सुख-आनन्दका बेला सारा दुनियाँभन्दा पछि पर्छु" भन्ने सुविख्यात वाणी पछिका अनेक पुस्तामाझ जनप्रिय भई व्यापक चिनियाँहरुको जिब्रोमा झुण्डिएको छ। यहाँ फानले सानै उमेरदेखि कठिन अवस्थामा लेखपढ गर्ने विषयको एउटा कथा प्रस्तुत गरिन्छ।

फान चोङ आन ईस्वी सम्बत दशौं शताब्दी अर्थात सोङ राज-वंशकालका मानिस थिए। उनी तीन वर्ष पनि नपुग्दै उनका पिताको रोगका कारण निधन भएकाले उनको परीवार अति विपन्न अवस्थामा पुगेको थियो। उनी 12/13 वर्ष पुगेपछि एक्लै बाहिर पढ्न गए। त्यति बेलाको नामी पाठशाला इन-थेन-फूमा अध्ययनरत भएका बेला उनको जीवन निकै कठिन थियो। चाहिए जति खाना किन्ने पैसा पनि नभएकाले लामो समयसम्म उनले जाउलो मात्र खाएर जीवन निर्वाह गर्नेगरेका थिए। विहान सबेरै उनले जाउलो पकाएपछि तीन भाग लगाएर, साथै अलिकति अचार पनि मसिनो पारी काटेर राख्थे। उनलाई दिनको तीन छाकका लागि भात र तरकारी यही थियो। यसै अवस्थाबाट नै यस कथाको नामकरण गरिएको हो।

एक दिन उनले खाना खाइरहेका बेला एकजना साथीले भेट्न आउँदा फानको खाना अति सादा भएको देखे र मनमा कसो-कसो लागेकाले जीवन-अवस्थामा अलिक सुधार गर्न भनेर केही रकम दिनखोजे। फानले नम्र तर दृढ स्वरमा त्यस सहयोगलाई अस्वीकार गरिदिए। निज साथीले केही सीप नलागेर त्यसै फर्केपछि भोलिपल्ट उनलाई धेरै मीठा-मीठा खाने कुरा ल्याइदिए। फानले करै लागेर ती खाने कुरा स्वीकार गरे।

केही दिनपछि ती साथी फेरि उनलाई भेट्न आए। तैपनि यसअघि ल्याइदिएका कुखुरा तथा माछा आदि स्वादिष्ट खाने कुरा ढुसी परेको अवस्थामा जस्ताको तस्तै राखिएको रहेछ। साथीले साह्रै जङ्गिएर सोधे--"तिमी कति स्वाभिमानी रहेछौ हँ। मैले दिएको कुरा पटक्कै छोएनौ। यसो गरेर साथीको मन दुख्दैन!"

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान