नेपाली भाषा

महासेनानी हान सिङले "टाङमुनिबाट छिरेर जाने अपमान" सहनुपरेको कथा

   

ईसा पूर्व दोश्रो शताब्दीमा शासन-सत्तामा रहेको छिन राज-वंश चीनको इतिहासमा पहिलो एकीकृत सामन्ती राज-वंश हो। चीनको विश्वविख्यात लामो पर्खालको प्रारम्भिक रुप यसै राज-वंश कालमा तयार भएको थियो। तर दुइ पुस्ताका सम्राट बाबु र छोराले निरंकुश शासन चलाएका कारण छिन राज-वंशको रजाइ पन्ध्र वर्षसम्म मात्र कायम रहेको थियो। छिन राज-वंशको अन्तकालमा धेरै ठाउँमा किसानहरुको विद्रोह मच्चिएको थियो र निकै वीर व्यक्तित्व पनि देखा परेका थिए। हान सिङ तीमध्येका एकजना नामी सेनानी थिए।

हान सिङको जन्म एउटा गरीब परीवारमा भएको थियो। उनी सानै हुँदा उनका बा-आमाको मृत्यु भएको थियो। शुरु-शुरुमा उनी न व्यापार गर्न जान्दथे, न त खेतापाती नै। उनले सधैंजसो एक छाक खाएपछि अर्को छाकमा के खाउँ भन्ने स्थितिको सामना गर्नुपरिरहेको थियो। परिणामस्वरुप उनी सहजै अर्काको तिरस्कारको पात्र बन्न विवश थिए। चिनाजान भएका एकजना स्थानीय हाकिमका घरमा उनी धेरै पटक खाना खान गएकाले ती हाकिमकी श्रीमतीले पनि उनलाई घृणा गरेर कति चोटि त जानी-जानी नियमित समय अगावै खाना खाएर सिध्याउने गरिन् र हान सिङ त्यहाँ पुगेर पनि खान नपाउने अप्ठ्यारो स्थितिमा परे। यस्तो स्थितिका कारण असाध्यै मुरमुरिएर हान सिङले निज हाकिमसितको सम्बन्धलाई तोडे पनि।

कुनै शीप नलागेपछि हान सिङ पेट पाल्नका लागि त्यहाँको ह्वाइ श्वै खोलामा बल्छी लिएर माछा मार्न गए। त्यहाँ लुगा धोइरहेकी एउटी बूढी आमाले त्यस विचराले केही पनि खान नपाएको देखेर आफ्नै लागि ल्याएको खाना बाँडेर खाइन। दर्जनौं दिनसम्म लगातार यसो भएपछि हान सिङले निकै प्रभावित भएर बूढी आमालाई भने: "कुनै न कुनै दिन मैले अवश्य पनि हजूरको यो गुनको भार चुकाइछाड्नेछु।" बूढी आमाले यो कुरा सुनेर रीसाउँदै भनिन: "गुनको भार चुकाउने कुरा नगर। तिमी बलियो पुरुष भएर पनि आफूलाई पाल्न नसकेको देखेर नै मैले दया लागेर खुवाउने गरेकी हुँ।" यो कुरा सुनेपछि हान सिङ अति लज्जित भए र जसरी भए पनि केही गरेर देखाउनुपर्ने संकल्प लिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान