नेपाली भाषा

धुनी जगाएर सरदारहरुलाई छकाउने कथा

   

चीनको इतिहासमा ईसा पूर्व आठौं शताब्दीमा चौ नामक राजवंश शासन-सत्तामा थियो। चौ यौ वाङ त्यस राजवंशका अन्तिम राजा थिए। चौ राजवंश त्यहीं राजाको पालामा ध्वस्त भएको थियो। यसका सम्बन्धमा एउटा खूब प्रचलित कथा पनि छ। त्यो हो: "धुनी जगाएर सरदारहरुलाई छकाउने कथा"।

चौ यौ वाङ नामका राजाले देशमा सुशासन चलाउने प्रयास गर्नुका सट्टा दरबारमा सुन्दरी महिलाहरुसँग बसेर रमाइलो गर्नेतर्फ नै बढी ध्यान दिने गर्दथे। खासगरी अनेक सपत्नीहरुमध्ये पाओ-स नामकी पत्नी उनको मायाकी विशेष पात्र थिइन। हुन त राजाले सबै कुरामा तीनको आग्रहलाई स्वीकार गरिरहेका थिए, तापनि उनको अनुहारमा कहिल्यै पनि हाँसो देखिंदैनथ्यो। राजाले पाओ-सलाई हाँस्न लगाउन धेरै उपाय अपनाए, तर उनले जति कोशिश गरे पनि निज सौती हाँस्नुको सट्टा झनै अँध्यारो मुख लगाएर बस्ने गर्दथिन्। त्यसैले यो अवस्था राजाका लागि ठूलो टाउको दुखाइको कारण बनेको थियो।

एक दिन राजा आफ्नी प्यारी पत्नीसँग घुम्दाघुम्दै लि-शान पर्वतको धुनी बाल्ने मण्डपमा पुगे। राजाले सौतीलाई युद्धकालमा सूचना प्रवाह गर्नका लागि यो मण्डप बनाइएको कुरा सुनाए। त्यस बेला सीमा क्षेत्रदेखि राजधानीसम्म निश्चित दूरीमा माटाको अग्लो मण्डप बनाउने गरिएको थियो। वाह्य शत्रु सीमानामाथि जाइलाग्नआउँदा दिन-रात मण्डपमा बसिरहेका रक्षकहरुले तत्कालै धुनी बालेर नजीकको अर्को मण्डपलाई खबर गर्दथे। यसरी एकले अर्का मण्डपसम्म क्रमबद्ध रुपमा खबर पठाउँदै जाँदा सीमानाको गतिविधिको समाचर चाँडै नै राजधानीसम्म पुग्नसक्थ्यो। यसैगरी, यदि राजधानी कुनै खतरामा परेको खण्डमा सो लि-शान पर्वतको मण्डपमा पनि धुनी जगाई चौ राजवंशको अधिनमा रहेका विभिन्न स-साना राज्यहरुलाई यसको सूचना दिइन्थ्यो र त्यसरी त्यहाँका सरदारहरु तुरुन्तै फौज लिएर सहयोग गर्न आउँथे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान