नेपाली भाषा

छाङ आनमा चामल माग्ने तुङ फाङ शो सम्बन्धी कथा

   

सम्राटले तुङ फाङ शोलाई बोलाएर सोधेः किन झुठो कुरा बताएर अरुलाई छकाइदिएको? तुङ फाङ शोले भनेः"मलाई अवश्य नै मृत्यु दण्ड दिइने सम्भावना छ, म प्रत्यक्ष रुपमा भन्छु। ती पुड्केहरुको कद एक मिटर पनि नपुगेको तर खानाका लागि एक महिनामा उनीहरुलाई एक बोरा चामल र दुइ सय मुद्राको बेन्सन दिने गरिएको छ। म लगभग दुइ मिटर अग्लो छु र एक महिनामा मेरो बेन्सन पनि एक बोरा चामल र दुइ सय मुद्रा छ। यसरी ती पुड्केहरुले एकदमै टन्न खानपाएका छन तर म भने भोकमरीमा परेको छु। यो उचित होइन। सम्राटको विचारमा मेरो कुरा ठीक छ भने यो निधोलाई सच्याउनुहोस्।

सम्राटले तुङ फाङ शोको कुरा सुनेर खित्का छोडेर हाँसे। तर तुङ फाङ शोको उद्देश्य पूरा भयो। त्यस बेलादेखि सम्राटले तुङ फाङ शोलाई आफ्नो अंगरक्षक बनाए। यो नै"छाङ आनमा चामल माग्ने"कथा हो।

तुङ फाङ शो सम्बन्धी कथा धेरै छन। गृष्म ऋतुको एक दिन तुङ फाङ शो र भाइ-भारादारहरु काममा व्यस्त भैरहेको बेला सम्राटका नोकरहरुले घ्याम्पामा राखिएको मांस परिकारहरु सम्राटले आफूहरुलाई दिएको हो भनेर लगे। सामान्य अवस्थामा सम्राटको हुकुम-पत्र सुनाएपछि मात्र मानिसहरु ती परिकारहरु लिन पाउँछन। तर त्यस बेला तुङ फाङ शोले सम्राटको हुकुम-पत्र सुनाउँदा नसुनाउँदै तरबार लिएर एक टुक्रा मासु काटेर आफ्नो घरमा लगेका थिए। त्यो देखेर अरु भाइ-भारादारहरु निकै जिल्ल परे। पछि गएर कुनै व्यक्तिले सम्राटको सम्मान नगरेको भनेर तुङ फाङ शोमाथि दोषारोपण गरेको थियो। त्यसै कारण सम्राटले तुङ फाङ शोलाई भेट गर्न भनी बोलाए र आफ्नो क्रियाकलाप बारे व्याख्या गर्न आदेश दिए। तर तुङ फाङ शोले अलिकति पनि नहतारिएर जवाफ दिएः"त्यो मासु सम्राटद्बारा हामीलाई दिइएको हो, हुकुम-पत्र सुनाउनु त समयको कुरो हो। हुकुम-पत्र सुनाउनुअघि मैले मासु काटेर घरमै लगेकोमा मेरो शुर्‍याइँ देखाइएको थियो, मैले आफ्ना लागि मासु काटेको त हुँ, तर त्यो एउटा सानो टुक्रा मात्र हो। यसबाट मेरो सच्चरित्रता पनि देखिएको छ। मैले आफ्ना आमा-बाबुलाई मासुको स्वाद चखाउनका लागि मासु काटेर घरमा लगेको हुँ। यो बृद्धहरुप्रति आदरको प्रतीक हो। यसै कारण सम्राटले किन मलाई सजाय दिने?" सम्राटले यो कुरा सुनेर केही पनि नबोलिकन हाँसे मात्र।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान