चीनमा तुङ फाङ शो भन्ने मानिसको नाम एकदमै चर्चित छ। बुद्धिमान तुङ फाङ शोको कथा चिनियाँहरुमाझ प्रचलित छ।
तुङ फाङ शो नामक व्यक्ति ईसा पूर्व तेस्रो शताब्दीमा हान् वंशकालका एकजना बुद्धिजीवि थिए। हास्यात्मक लेख लेख्न उनी निकै सिपालु थिए। शुरुमा तुङ फाङ शो राजधानी छाङ आनमा निम्न तहका एकजना अधिकारी थिए। त्यस बेला राजदराबारका लागि घोडा पाल्ने र हेर्नेहरु सबै बाम-पुड्केहरु थिए। ती बाम-पुड्केहरु निम्न दर्जाका अधिकारी भएर पनि बारम्बार राजाको नजिक हुन सकेका थिए। तुङ फाङ शोले उच्च ओहदामा बस्नपाउनका लागि सम्राटको ध्यानाकर्षण गर्दै एक मन्तव्य गरेका थिए।
एक दिनको कुरा थियो, तुङ फाङ शोले घोडा पाल्ने एकजना बाम-पुड्केलाई भनेः "हालै सम्राटले भनेः तिमीहरु एकदमै पुड्का भएकाले खेतीपाती गर्न अरुभन्दा बलवान नभएका, सेनामा भर्ना भएर युद्ध गर्न पनि विजय पाउन नसकेका, स्थानीय अधिकारी भएर पनि शासन व्यवस्था सञ्चालन गर्न नसकेका र मुलुकको धन-सम्पतिको खर्च मात्र गरेकाले सारा मुलुकका बाम-पुड्केहरुलाई मारिदिने सम्राटको विचार छ।"
त्यो बाम-पुड्के यो कुरा सुनेर डरले डाँको छोडेर रुन थाल्यो।
त्यो देखेर तुङ फाङ शोले भनेः"मैले तिमीहरुका लागि एउटा उपाय खोजेको छु।"
बाम-पुड्केले निकै प्रभावित भएर के उपाय हो भनेर सोध्यो। तुङ फाङ शोले भनेः"तिमीले सबै पुड्केहरुलाई एकजुट गरेर सम्राटलाई देख्ने बित्तिकै नउठिकनै ढोक्नुपर्छ र तिमिहरु यति होचा भएकोमा क्षमा माग्न सम्राटलाई विनम्रताका साथ अनुरोध गर्नुपर्छ।"
नभन्दै सबै पुड्केहरुले सम्राट बाहिर आउँदा आफूहरु पुड्को भएकोमा क्षमा गर्न अनुरोध गर्दै सम्राटलाई ढोगे। यसो गर्नुको कारण के हो भनेर सम्राटले सोधे। "सम्राटले हामीलाई मारिदिने कुरा तुङ फाङ शोले हामीलाई बताएका थिए।"