नेपाली भाषा

पाँच पाथीको अन्नका लागि कम्मर नझुक्ने कथा

   

आफै खेतीपाती गरेर एक माना खाएर सन्तोषी जीवन बिताउनुमै मज्जा छ। तर दैवी-प्रकोपका बेला परिश्रम गरेर पनि एक दाना पाउन सकिंदैन। बुढेसकालमा थाओ युआन मिङले सारै दुःखी जीवन बिताए। अझ विशेष गरी ठूलो आगलागीका कारण उनी घरबार विहीन पनि भए। त्रिसट्टी वर्षको उमेरमा दरिद्रता र दुःखका कारण बिरामी भएर उनको दुखान्त निधन भयो ।

थाओ युआन मिङले आफ्नो अनुभवका आधारमा खेती-पाती, किसानी तथा ग्रामीण दृश्यका बारेमा कविताहरु रचेका थिए। किम्बुको रुख, सन पाट, कुखुरा, कुकुर आदि मामुली वस्तुले पनि उनका कवितामा उचित स्थान पाएका छन। प्राकृतिक दृश्य सम्बन्धी उनका कविता निकै जीवन्त छन।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान