नेपाली भाषा

चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा

   

चिन स बगैंचामा भिन्ना-भिन्नै‍ कालका चिटिक्क परेका वास्तुहरुका साथै चाउ राज-वंशकालका सल्ला, धूपी र स्वी राज-वंशकालका कनिके रुखहरु पनि छन। किम्बदन्ती अनुसार, चाउ राज-वंशकालका सल्ला, धूपीका रुख इसा पूर्व एधारदेखि आठौं शताव्दीको बीचमा रोपिएका थिए। तीमध्येको एउटा सल्लाको रुख मातृ-भवनको देब्रे भागमा रहेको छ र रुखको दक्षिणतिर फर्केको मुख्य हाँगा भूईंबाट चालिस डिग्री तेर्सो छ। त्यस रुखका पातहरुले उक्त भवनलाई माथिबाट छोपेकोजस्तो देखिन्छ। त्यो रुख दुइ हजार वर्ष जति पूरानो छ। चाउ राज-वंशका कनिके रुखको उमेर पनि एक हजारभन्दा बढी पुगिसकेको छ रे। ती प्राचीन रुखहरु सीधा र बलिया देखिन्छन। तिनीहरु र बगैंचामा रहेका झरना र सललल बगिरहेका खोला-नालाहरुले चिन स बगैंचालाई रुखको छहारी र स्वच्छ पानीका बीचमा पारिरहेको देखिन्छ। अहो, चिन स नामक बगैंचाको दृश्य कति रमणीय छ है। यदि तपाईंले वल्लो शान सी प्रान्तको भ्रमण गर्नुभयो भने चिन स नामक त्यो बगैंचाको भ्रमण अवश्य नै गर्नुहोला। यो त्यहाँको नगइनहुने गन्तव्य स्थल हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान