नेपाली भाषा

चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा

   

त्यस बेलाको थाङ्ग नामक ठाउँ अहिलेको वल्लो शान सी प्रान्तको यी छङ्ग जिल्लामा पर्दछ। शु युले ठूलो भएपछि त्यहाँ गएर राज गरे। उनले कृषिको विकास र जल-परियोजनाको सञ्चालनको माध्यमबाट त्यहाँका बासिन्दाहरुको जीवन सुरक्षित र आनन्दमय बनाएका थिए। त्यसैकारण स्थानीय नर-नारीहरु उनको ठूलो मूल्याङ्कन गरी उनको धेरै प्रशंसा गर्थे। अनि त्यसपछि शु युको छोरो सिए फुले रातोदिन अनवरत रुपमा बगिरहने चिन नामक नदीले त्यहाँका जनताको पालन-पोषणमा पुर्‍याएको योगदानको कदर गर्दै चिन नदीको नाउँमा थाङ्ग राज्यको नाउँलाई परिवर्तन गरे अर्थात त्यस राज्यको नाम अबदेखि चिन राज्य भयो। यसै कारण छोटकरीमा वल्लो शान सी प्रान्तलाई"चिन" भनिन्थ्यो। पछिका मानिसहरुले शु युको सम्झना गर्नका लागि चिन नदीको शिरान क्षेत्रमा स नामक बगैंचाको निर्माण गरे। त्यसको नाउँ "शु यु स" बगैंचा वा "चिन स" बगैंचा हो।

चिन स बगैंचाको स्थापना कहिले गरियो भन्ने कुरा अहिलेसम्म पनि एकिन हुनसकेको छैन। चिन स सम्बन्धी सबैभन्दा पहिलो लिखित प्रमाण इसा पूर्व चार सय छयसट्ठीदेखि पाँच सय बहत्तरसम्मको "पै वै"राज-वंशताकाको "श्वै चिङ्ग जु"नामक एउटा किताबमा पाइएको छ। यस कुराबाट के बुझ्न सकिन्छ भने यदी पै वै राज-वंशकालदेखि गन्ने हो भने त्यसको इतिहास एक हजार वर्षभन्दा पनि लामो छ। निकै लामो समय लगाएर चिन स बगैंचाको सुधार र विस्तार गरिएपछि त्यसको अनुहारले काँचुली फेरेको छ। इसा पूर्व छ सय छयालीस वर्षमा थाङ्ग राज-वंशका दोस्रा राजा ली श मिनले त्यहाँ गएर "चिन स बगैंचा बारे"नामक एकदमै प्रसिद्ध ढुंगे लेखौट तयार पार्नुका साथै फेरि एक पटक चिन स बगैंचाको व्यापक मरम्मत र विस्तार गर्न आदेश दिनुभयो। इसा पूर्व एधारौं शताव्दीमा सुङ्ग राज-वंशका राजाबाट शु युकी माताजी यी च्याङ्गको सम्झनामा एउटा भव्य ठूलो मातृ-भवनको निर्माण गरियो। पछि उक्त मातृ-भवनलाई केन्द्र बनाएर त्यसको वरिपरि क्रमशः प्रशस्त ठूला-ठूला भवनहरुको निर्माण गरियो। "जल-ऐना चौतारो","ऋषीसँग भेटघाट पुल","सुनौलो मानव चौतारो","झरना भवन" आदि भिन्ना-भिन्नै कालका वास्तुहरुले त्यहाँको वातावरणलाई अरु सुन्दर बनाएका छन। त्यो एउटा मन्दिररुपी आँगन हुनुका साथै राजा-रानी बस्ने दरबारजस्तै समग्र वास्तु बनेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान