नेपाली भाषा

चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा

   

दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको"दक्षिण चीनमा रहेको सानो रमणीय स्थल"मानिन्छ। त्यो वल्लो शान सी प्रान्तको राजधानी थाइ युआन नगरको कछाड क्षेत्रमा पर्ने चिन स नामक बगैंचा हो।

चिन स नामक बगैंचा थाइ युआन नगरको दक्षिण-पश्चिमी भागमा रहेको औंशान नामक पहाडको फेदिमा पर्दछ। त्यो ठाउँ चिन नदीको सिरान क्षेत्र पनि हो। पहाड र नदीबाट घेरिएको सो क्षेत्रमा एक सय जति भवन, मण्डप, बरन्डा,कौसी,धरहरा, बंगला,चौतारो,पुल आदि छन जसले त्यहाँको दृश्यलाई चित्र जस्तै रमणीय बनाएका छन जसले अनगिन्ती पर्यटकहरुलाई आकर्षित गर्दैआएको छ। त्यस रमणीय स्थानको अवलोकन-भ्रमण गर्ने पर्यटकहरुको मनमा सधैंका लागि त्यहीं बस्नपाए हुन्थ्यो भन्ने भावना जागृत हुन्छ। चिन स नामक यो ठाउँ बारेको यो कथा अति रमाइलो छ।

इसा पूर्व एक हजार चौसठ्ठी वर्ष अघि चाउ राज-वंशका निर्माता चाउ वु वाङ्ग नामका सम्राटले शाङ्ग छाउ नामको रजौटालाई पराजित गरेपछिको दुइ वर्षमा दुर्भाग्यवश उनी मरे। त्यसपछि युवाराजाधिराज फै सुङ्ग राजगद्दीमा बसे। इतिहासमा उनलाई चाउ छङ्ग वाङ्ग नामका राजा भनिन्थ्यो। किम्बदन्ती अनुसार, छङ्ग वाङ्ग राजा हुँदा वालकै थिए। हरेक दिन चाउ गुङ्ग नामका मन्त्रीले उनलाई बोकेर राजाको आसनमा बसाउँथे र उनले मन्त्रीको साथमा अरु पदाधिकारीहरुसित भेट-घाट गर्थे। चाउ गुङ्ग नामका ती मन्त्रीले वालक राजा र देशप्रति भक्ति-भाव प्रदर्शन गर्दै मुलुकको शासन-व्यवस्था सञ्चालन गरे। उनले मुलुकमा पटक-पटक भएका केही उपद्रवहरुलाई साम्य पार्नुका साथै राजाबाट कसरी राम्रोसित राज गर्नुपर्छ भन्ने बारेमा वालक राजालाई सिकाए, हुर्काए।

एक दिनको कुरा थियोः राजा छङ्ग वाङ्ग आफ्ना भाइ शु युसित दरबारको पछाडिको आँगनमा खेलिरहेका थिए। उनले वु थुङ्ग नामक एक किसिमको रुखको एउटा पातलाई सरकारी मुद्रा बनाएर यसका आधारमा तिमीलाई एक रजौटाको राजा नियुक्त गर्छु भनेर भाइलाई भने। मन्त्री चाउ गुङ्गले उक्त कुरा थाहा पाए। केही दिनपछि मन्त्री चाउ गुङ्गले मंगलमय दिन छानेर भाइ शु युलाई रजौटाको राजा नियुक्त गर्ने घोषणा गरिबक्स्योस् भनेर छङ्ग वाङ्ग राजालाई अनुरोध गरे। वालक राजाले हाँसेर मर्जी भयोः मैले उससित ठट्टा गरेको थिएँ। तर मन्त्री चाउ गुङ्गले गम्भीर भएर भने: राजाबाट ठट्टा गरिबक्सनु हुँदैन। राजाबाट मर्जी भएको कुरा ऐतिहासिक तथ्य कुरा लेख्ने अधिकारीले जस्ताको त्यस्तै लेख्नुपर्छ। संगीकार र गायक-गायिकाहरुले तिनबारे गीत गाउनु पर्छ र मन्त्रीहरु एवम् पदाधिकारीहरुले तिनको ठूलो मूल्याङ्कन गरी प्रचार-प्रसार गर्नुपर्छ। यस्तो कुरा सुन्नेवित्तिकै राजा चाउ छङ्ग वाङ्ग राजाबाट थाङ्ग नामक रजौटाको राजामा आफ्ना भाइ शु युलाई नियुक्त गरिबक्स्यो। यो नै चीनको इतिहासमा"रुखको पात काटेर भाइलाई रजौटाको राजामा नियुक्त गर्ने"भन्ने निकै प्रसिद्ध कथा हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान