नेपाली भाषा

ह्वांग शान पहाड

   

चीनमा एउटा उखान छ: चीनमा पाँचवटा प्रसिद्ध पहाड छन्, यी पाँचवटा ठूला पहाडको पर्यटन गरेपछि अरु पहाडको पर्यटन गर्नुपर्दैन, तर चीनमा ह्वांग शान पहाड छ, ह्वांग शान पहाडको पर्यटन गरेपछि उक्त पाँचवटा पहाडको पर्यटन गर्नुपर्दैन। यस उखानको अर्थ के हो भने: ह्वांग शान पहाड जानुअघि सर्वप्रथम चीनका पाँचवटा विशेषतायुक्त पहाड अर्थात् पूर्वी भागको थाइ शान पहाड, पश्चिमी भागको ह्वा शान पहाड, मध्य भागको सोंग शान पहाड, दक्षिणी भागको हंग शान पहाड र उत्तरी भागको हंग शान पहाडको भ्रमण गरेपछि बाँकी अरु पहाडको भ्रमण गर्नुपर्दैन। तर सर्वप्रथम ह्वांग शान पहाडको भ्रमण गरेपछि उक्त पाँचवटा विशेषतायुक्त पहाडको भ्रमण गर्नुपर्दैन। यसैले ह्वांग शान पहाडको आफ्नै विशेषता र सुन्दरता छ।

ह्वांग शान पहाड मध्य-दक्षिणी चीनको ह्वांग शान पहाडको दर्शनीय स्थलमा अवस्थित छ। त्यसको क्षेत्रफल 1200 किलोमिटर जति छ। ह्वांग शान पहाड ज्यादै अग्लो छ। यसैले पहाडका विभिन्न भागमा भिन्नाभिन्नै किसिमको मौसम छ। बादल र कुहिरोले प्रायस ढाकिरहने, आर्द्रर्ता बढी हुने र धेरै पानी पर्ने त्यहाँको मौसमको विशेषता रहेको छ।

ह्वांग शान पहाडमा चीनका पाँचवटा प्रसिद्ध पहाडका विशेषता र रमणीय दृश्यहरु देख्नपाइन्छ। विशेष गरी त्यहाँ त्यसका चारवटा विशेषता छन्। पहिलो विशेषता सल्ला हो। ह्वांग शान पहाडको सबैभन्दा विशेष दृश्य सल्लाका रुख हुन। त्यहाँ औसत एक सय वर्षभन्दा पूराना हजारौं सल्लाका रुखहरु छन। ती सल्लाहरु प्रायजसो पहाडका ढुङ्गाका बीच-बीचमा उभिएका छन र तीनीहरु ज्यादै जिउँदा देखिन्न्छन्। विशेषत: यु न्यु चुचुरोमुनिका "यिंग ख सोंग" सल्ला ह्वांग शान पहाडको विशेषता बनिसकेका छन। "यिंग ख सोंग" को अर्थ "पाहुनाको स्वागत गर्ने सल्ला" हो। दोस्रो विशेषता अनौठा ढुङ्गाहरु हुन्। ह्वांग शान पहाड निकै अग्लो भएका कारण पहाडका ढुङ्गाहरु एकदमै खतरनाक र अनौठा देखिन्छन्। पहाडको चुचुरो, मध्य भाग र मुनिका ठाउँमा अनौठा ढुङ्गाहरु जताततै देख्नपाइन्छ। तेस्रो विशेषता समुद्र रुपी बादलहरुले पहाडहरुलाई ढाक्ने गर्दछन्। ह्वांग शान पहाडको मौसम विविध प्रकारको छ। यसैले पहाडका विभिन्न भागमा बादलले ढाक्नेगरेको देखिन्छ। यस्तो दृश्य निकै सुन्दर देखिन्छ। यहाँको चौथो विशेषता तातो पानी हो। ह्वांग शान पहाडमा तातो पानीका मुलहरुको संख्या धेरै‍ छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान