नेपाली भाषा

लु शान् पहाडको कथा

   

तुङ लिन् वौद्ध बिहारको मूल ढोका अगाडि एउटा श्वेत-कमलको कुवा छ। कुवाको पानी कञ्चन देखिन्छ। हरिया पातहरुका बीचमा कमलका सेता फूलहरु फुलिरहेको देखिन्छ। त्यहाँको सौम्य र सुनसान वातावरणले मानिसहरुलाई मोहित पार्नेगरेको छ। जनश्रुति अनुसार, यो श्वेत-कमले कुवा पूर्वी चिन् वंशका गण्यमान्य व्यक्ति शे लिङ युआन्को तत्वावधानमा निर्माण गरिएको हो। शे लिङ युआन् पूर्वी चिन् वंशका प्रसिद्ध राजनीनिज्ञ शे स्युआनको खनाति र प्रसिद्ध लिपिकार वाङ सि टका भान्जा थिए। उनी ज्यादै दक्ष र प्रतिभाशाली, अभिमानी र आत्मविश्वासी थिए। उनले लु शान् पहाडमा गएर व्है युआनले स्थापना गरेको पाइ ल्यान श अर्थात श्वेत-कमले संस्थामा सहभागी हुन माग गरेका थिए। तर धर्माचार्य व्है युआनले यो प्रस्ताउ स्वीकार गरेनन। व्है युआनले शे लिङ युआनलाई भनेः "तपाईंको मनस्थिति निकै जटिल छ, पहिले नै तीनवटा कमले कुवा बनाउनु पर्छ र तपाईंको मन कमल जस्तो कञ्चन भएपछि यो संस्थामा सहभागी हुन पाउनुहुनेछ"। शे लिङ युआनले कुनै सिप नलागेपछि तीनवटा कमले कुवा बनाएर कमले संस्थामा सहभागी हुन स्वीकृति जनाए। धर्माचार्य व्है युआन र शे लिङ युआनका बीच कुराकानी भएपछि एकले अर्कालाई सम्मान गर्दै उनीहरु इष्टमित्र बनेका थिए। व्है युआनको निर्वाण पछि शे लिङ युआनलाई निकै दुःख लागेको थियो। उनले चिआन् खाङ अर्थात अहिलेको नान् चिङ शहरबाट विशेष रुपमा लु शान् पहाड गएर व्है युआनको समाधिमा राखिएको स्मृति-शिलामा लेख्नुभएको थियो।

लु शान् पहाडमा गहन मानवीय परम्परा बाहेक त्यसको प्राकृतिक दृश्य पनि धेरै सौन्दर्मय छ। लु शान् पहाड चीनको प्रसिद्ध दृश्यावलोकन स्थल हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान