नेपाली भाषा

लु शान् पहाडको कथा

   

सन् 381मा पूर्वी चिन् वंशताका व्है युआन् नामक वौद्ध मार्गीहरुका एकजना धर्माचार्य आफ्ना शिष्यसहित लु शान् पहाड आएका थिए। उनले च्याङ चौका प्रमुख अधिकारीको सहायतामा तुङ लिन् वौद्ध बिहारको स्थापना गरेका थिए र यस वौद्ध बिहारलाई वौद्ध धर्मको "चिङ थु"भनिने सिद्धान्तको उत्पत्ति स्थल बनाइका थिए। चिनियाँ भाषाको अर्थ अनुसार चिङ थु भनेको चोखो भुवन हो। यो सिद्धान्त पहिले प्राचीन भारतको वौद्ध धर्मको महायान सम्प्रदायको एक शाखा थियो। यसका साथै यो तुङ लिन् वौद्ध बिहार चीनको दक्षिणी क्षेत्रमा वौद्ध धर्मको प्रचार गर्ने मुख्य केन्द्र पनि बनिसकेको थियो। धर्माचार्य व्है युआन्ले शील, समाधि, बोधि आर्जन गर्ने लक्ष्यअनुरुप छत्तिस वर्षसम्म लु शान् पहाडमा बसेर देहशुद्धी गरेका थिए। उनले गम्भीर रुपमा शील विनय गर्दै उदारता र नैतिकता बहाली गरेर जनताबाट प्रतिष्ठा कमाएका थिए।

तुङ लिन् वौद्ध बिहार र व्है युआन् धर्माचार्य बारे आजसम्म पनि वौद्ध मार्गीहरुमा धेरै सुमधुर जनश्रुति प्रचलित छ। तुङ लिन् वौद्ध बिहारको स्थापना गर्दा निर्माण सामग्रीको अभाव भएका कारण धर्माचार्य व्है युआनलाई दिनदिनै चिन्ता लाग्नेगर्दथ्यो। अकस्मात एक दिन राति हावाहुरी र वर्षासँगै चट्याङ परेको थियो। सबै भिक्षुहरुले देवालयमै बसिरहेका थिए, कोही पनि बाहिर जानसक्ने अवस्था थिएन। अर्को दिन पानी रोकियो र आकाश पनि खुला भयो। अनि जमीनमा एउटा कुवा देखापर्‍यो र कुवाको पानीको सतहमा धेरै काठहरु तैरिइरहेका थिए। ती काठहरु देवताले तुङ लिन् वौद्ध बिहारका लागि ल्याइदिएको भन्ने व्है युआनको विचार थियो। व्है युआनले ती काठहरुको उपयोग गरी एउटा ठूलो महल निर्माण गर्न मानिसहरुलाई निर्देशन दिए र त्यस महल"शन् युन् तिआन्" भन्ने नाम दिए। अर्थात देवताले दिएको महल। कुवाको पानीमा काठका सामानहरु तैरिइरहने त्यस कुवालाई "ठु मु ट्र"अर्थात काठ उत्पत्ति हुने कुवा को नाम दिए, उनले।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान